नेभिगेशन
खेलकुद

पर्थमा आइतबार देखि नेपाली लिग फुटबल

एक्सपर्ट कप वेस्टर्न अस्ट्रेलिया नेप्लीज फुटबल लिग आइतबार देखि प्रारम्भ हुने भएको छ । वेस्टर्नअस्ट्रेलियामा रहेका ६ वटा नेपाली र दुइवटा भुटानी फुटबल क्लब बिच यो लिग फुटबल दश हप्तासम्म चल्ने छ । पहिलो दिन आइतबार चार वटा खेल हुने छ ,जसमा लिग अन्तर्गत सबै टोलीले सबै टोलीसँंग प्रतिस्पर्धा गर्ने छ । लिग कम नक आउटका आधारमा सन्चालन गरिने यो फुटबल लिग यस भेगको निकै चर्चित प्रतियोगिता मानिन्छ । यस प्रतियोगिताको पहिलो स्थान हात पार्ने टोलीलाई ट्रफी प्रमाणपत्र र २५ सय अस्ट्रेलियन डलर प्रदान गरिने आयोजक समितीका संयोजक तथा पुराना फुटबल खेलाडी सुवास श्रेष्ठले बताए । अस्ट्रेलियाको पर्थमा बसेर पनि खेलकुदको माध्यमवाट पनि मुलुकको पहिचान बढाउन सकिन्छ भन्ने मान्यताका साथ आफुले यस प्रतियोगिताको सुरुवात गरेको आयोजक समितीका संयोजक श्रेष्ठले बताए । प्रतियोगितामा दोस्रो हुने टोलीले ट्रफी प्रमाणपत्र तथा १५ सय अस्ट्रेलियन डलर प्राप्त गर्ने छ । पछिल्लो बर्षदेखि प्रारम्भ भएको यस लिग फुटबलको यो दोस्रो संस्करण हो । लिगमा गोर्खा ब्वाइज एफसी ए ,गोर्खा ब्वाइज एफसी बी ,नेप्लीज युनाइटेड एफसी, सनराइज फुटबल ग्रुप,नमस्ते एफसी,भिषा पाठशाला एफसी, थिम्पु सीटी पर्थ एफसी , जाचुन युनाइटेड एफसी रहेका छन । प्रतियोगिताको मुख्य प्रायोजकमा एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेज ,सहायक प्रायोजकहरुमा अस्ट्रेलियन टेक्नीकल कलेज रहेका छन । प्रतियोगितालाई स्थानिय हिमालयन नेप्लीज रेस्टुरेन्ट ,फंकी मम, हिमाली गोर्खा ,एसकेएम फर्निचर लगायतले सहयोग गरेका छन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।