नेभिगेशन
LEADING_MAIN

एड्भान्सलाई बिजनेस अवार्ड

सिड्नी २९ अक्टोबर ,सिड्निको बरुडमा बिगत सात बर्षदेखी सन्चालनमा रहेको एडभान्स कलेजले ‘इनरवेष्ट लोकल बिजनेश अर्वाड ‘ प्राप्त गरेको छ । एज केयर र डिस्याबिलिटिको भोकेसनल कोर्षको अध्यापन गराइदै आएको उक्त कलेज नेपाली ब्यबसायीद्व्य किशोरराज अर्याल र ईश्वर दाहालद्वारा सन्चालन हुँदै आएको छ । हालै सिड्निमा आयोजित एक कार्यक्रममा उक्त अवार्ड प्रदान गरिएको हो । अवार्ड प्राप्त गरेपछी नेपाल न्यूजसँग कुरा गर्दै कलेजका प्रमुख कार्यकारी निर्देशक किशोर राज अर्यालले अवार्डले हामीलाई यो ब्यवसायबाट उपलब्ध गराइदै आएको सेवालाई अझ प्रभावकारी बनाउदै लैजान हौसला मिलेको र थप जिम्मेवारि आएको महसुस भएको बाताए । ब्यवसायको गुणस्तरीय सेवा र सुबिधाको आधार मा स्थानीय सरकारी निकायद्वारा यस्ता अवार्ड प्रदान गरिन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्