नेभिगेशन
LEADING_MAIN

बहुसास्कृतिक केन्द्रमा राजेश आचार्य

मेलबर्न ,आगामी नोभेम्बेर ८ तारिखदेखी कार्यभार सम्हाल्नेगरी अस्ट्रेलियन नेपाली बहुसास्कृतिक केन्द्रको नयाँ कार्यसमितीको अध्यक्षमा राजेश आचार्यलाई सर्बसम्मतिले चयन गरेको छ । सस्थाका अनुसार अध्यक्ष सहित कार्यसमितिको सबै पदमा सर्बसम्मतिले पदाधिकारी चयन गरिएको छ । जसमा उपाध्यक्षमा महेन्द्र कार्की, निरु त्रिपाठी ,सचिवमा नारायणप्रसाद काफ्ले, सहसचिवमा गणेश अधिकारी, कोषाध्यक्षमा अर्जुन ढकाल, सहकोषाध्यक्षमा बद्री पन्त रहेका छन् । त्यसैगरी सदस्यहरुमा सोमप्रसद गुरुङ ,तिलक पोखरेल ,अनन्त पौडेल, दिक्पालदेव पंगेनी, कल्पना ज्ञवाली, दर्शना श्रेष्ठ रहेका छन् । बिगत दुई दशकदेखि भिक्टोरियामा नेपाली बहुसास्कृतिक केन्द्रको स्थापनाको लागि जुट्दै आएको भिक्टोरियाबासी नेपालीहरुलाई अझ एकजुट बनाउदै केन्द्रको निर्माण र सन्चालन गर्नुपर्ने जिम्मेबारी नयाँ कार्यसमितिलाई आएको छ । केन्द्रले यसअघी पन्ध्र लाख डलरमा आबस्यक जग्गा खरिद गरिसकेको छ । उक्त जग्गामा पशुपतिनाथको मन्दिर र बौद्ध गुम्म्बाको निर्माण समेत गरिने सस्थाले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्