नेभिगेशन
LEADING_MAIN

विद्यार्थी लाई सम्झिए घले दम्पतीले

सिड्नी २६ अक्टोबर, भिक्टोरिया राज्यमा अध्ययन गरिरहेका कोभिड प्रभाबित नेपाली विद्यार्थीहरुको लागि यो दसैंमा शेष घले र जमुना घले दम्पतिले दश हजार डलर बराबरको खाना बितरण गर्दैछन् । मम किङ्डम र नेपाल डाइनिङ् रुम मार्फत करीब चार सय जना विद्यार्थीहरुलाई नेपाली खानाको ब्यबस्था र बितरण गरिने छ । त्यसका साथै उनिहरुलाई धार्मिक बिधिपुर्बक तयार पारीएको टिका र जमरा पनि बितरण गरिने छ । अस्ट्रेलियामा सफल ब्यबसायीको रुपमा उभ्याउदै आएका घले दम्पतिले यहाँको नेपाली विद्यार्थी र समाजअको लागि गर्दै आएको सहयोग र साथ गर्व गर्न लाएक छ । नेपाली हरुको महान पर्वमा परदेशमा रहेका विद्यार्थी त्यसमा पनि कोभिड १९ र लकडाउनबाट प्रभाबित उनिहरुलाई पर्वको बेलामा घर परिवारको न्यास्रो मेटाउन यो पुण्य कार्यले ठुलो महत्व राख्दछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्