नेभिगेशन
LEADING_MAIN

एएनएफएसको अध्यक्षमा आदर्शजँग पाण्डे

१९ अक्टोबर क्यान्बेरा । अस्ट्रेलिया नेपाल फ्रेण्ड सिप सोसाइटिको अक्टोबर १७ तारिख शनिबार क्यान्बेराकामा सम्पन्न साधारण सभाले आदर्शजँग पाण्डेको नेत्रित्वमा नयाँ कार्यसमिती चयन गरेको छ । क्यान्बेरा स्थित माउण्ट स्ट्रोमोलो स्कुलमा मतदान भएको थियो । दुई बर्षे कार्यकालको लागि भएको निर्वाचन ले उपाध्यक्ष मा बिनोद घिमिरे, सचिवमा आशीष देवकोटा ,कोषाध्यक्षमा यूवराज पौडेलको उमेदवारि परेको छ भने सह-सचिवमा अमृत पौडेल र जनसम्पर्क अधिकृतमा मिनु राना लाई चयन गर्‍यो । यूथ र स्टुडेन्ट कोअर्डीनेटरमा नविन पौडेल ,कल्चरल कोअर्डीनेटरमा सबिना शर्मा थापा ,भाषा संयोजकमा महता घिमिरे चापागॉंइ ,इभेन्ट्स कोअर्डीनेटरमा जीवन घिमिरेको एकल उमेदवारि परेको छ त्यस्तै स्पोर्ट्स कोअर्डीनेटरमा सुदिप दाहाल लाई चयन गर्‍यो । कार्यसमितिको सदस्य हरुमा सदस्यहरुमा सुबर्ण कुवँर, बिवेक पौडेल, प्रतिभा श्रेष्ठ, र सोभिया भण्डारी लाई चयन गर्‍यो । मतदान सम्पन्न भए पछी निर्वाचन आयुक्त डि डि कंडेल ले निर्वाचन परिणाम को घोषणा गरेका थिए । सो अवसर मा कंडेल ले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना ब्यक्त गर्दै सस्था लाई नेपाली समुदायको सुख दु:खको साथी बनाउन सबै कृयासिल हुनुपर्नेमा जोड दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्