नेभिगेशन
अस्ट्रेलिया समाचार

सीड्नीमा चितवन समाजको रक्तदान

रक्तदान जिवनदान भन्ने नाराका साथ चितवन समाज अस्ट्रेलियाले सीड्नीमा एक दिने रक्तदान कार्यक्रम आयोजना गरेको छ । सीड्नीको पश्चिमी क्षेत्र राउजहिलको परामाटा डोनर सेन्टरमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाली समुदायका अगुवाहरुको समेत बाक्लो उपस्थीती रहेको थियो । कोभिडका कारण रगतको अभाव देखिएपछि रेडक्रसले आब्हान गरिरहेको बेला चितवन समाजले मानविय सहयोगको महत्वलाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको चितवन समाज अस्ट्रेलियाका अध्यक्ष छबी सापकोटाले बताए । पहिलो दिन समयको अभावले गर्दा दश जना नेपाली समुदायका ब्यक्तीहरुले रक्तदान गर्नुभयो । अब अर्को शनिबार बाँंकी इच्छुक सदस्यहरुले रक्तदान गर्ने कार्यक्रम रहेको सापकोटाले बताए । शनिबार एनआरएनका प्रवक्ता नन्द गुरुङ, चितवन समाजका अध्यक्ष छबि सापकोटा, सामाजिक अभियन्ता मुन शर्मा, लेख गुरुङ , समाजकी कोषाध्यक्ष सीता सुबेदी, शुसान्त शर्मा र प्रेम शर्मा लगायतले रक्तदान गरेका थिए । कोभिडका कारण समाजले गर्ने कयैन समाजिक तथा परोपकारी कार्य गर्न अप्ठ्यारो परिरहेको बेला रक्तदान गरेर भएपनि मानविय सहयोगमा जुटौ भन्ने हाम्रो अभियान हो, यसलाई हामी निरन्तरता दिने छौ, रक्तदान कार्यक्रमका संयोजक बिकास बर्तौलाले कार्यक्रमको समाप्तीपछि सुनाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।