नेभिगेशन
LEADING_MAIN

साउथ वेष्ट नेप्लिज कम्युनिटी द्वारा कोभिड सचेतना कार्यक्रम ।

सिड्नी १६ अक्टोबर । नेपालीहरुको बाक्लो बसोबास रहेको सिड्नीको साउथ वेष्ट क्षेत्रमा देखिएको कोरोनाको बारेमा नेपाली समुदायलाई चेतना जगाउने उद्देश्यले साउथ वेष्ट नेप्लिज कम्युनिटीले पम्प्लेटिङ् तथा सामाजिक सन्जालको प्रयोग गरी जानकारी मुलक सन्देशहरु नेपाली समुदाय माझ पुर्याउन सुरु गरेको छ । सस्थाका अध्यक्ष देबेन्द्र सापकोटाले नेपाल न्युज अस्ट्रेलियासँग कुरा गर्दै नेपाली समुदायमा कोरोनाको प्रभाब र जोखिमको न्युनिकरणका लागि स्थानिय सरकारसँग सहकार्य गरिएको बताए । जनचेतना कार्यक्रम अन्तर्गत नेपाली भाषामा लेखिएको पोस्टरहरु स्थानइय नेपाली ग्रोसरी पसल तथा नेपाली ब्यबसायीहरुको कार्यालयमा टास्ने कार्य सम्पन्न गरिएको छ । नेपालीहरुको महान पर्वहरु बडा दशै र तिहारको रमझम रहदासम्म यो कार्यलाई निरन्तरता दिइने सस्थाका प्रबक्ता सुर्य खनालले बताए । नेपालीको चाड पर्वहरु नजीकिदै आएकोले चाड पर्व मनाउदा बढी भन्दा बढी सतर्कता अपनाउन सस्थाले नेपाली समुदाएलाई अनुरोध समेत गरेको छ । साथै स्वास्थ्य मापदण्ड लाई इमान्दारी साथ पालना गर्न पनि अनुरोध गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्