नेभिगेशन
अस्ट्रेलिया समाचार

डोमिनोजले ल्यायो "फीड टु नीड" कार्यक्रम

अधिकारीले मात्र बाडे चार सय पीज्जा फीड टु निड अर्थात आवश्यकता परेकालाई सहयोग गरौ भन्ने मनसायका साथ चर्चित पीज्जा ब्रान्ड डोमिनोजले इलावारा क्षेत्रमा करिब सात सय स्थानियहरुलाई खानाको निशुल्क व्यबस्थापन गरेको छ । कोभिड १९ र त्यसवाट परेको प्रभावलाई मध्येनजर राख्दै यस पीज्जाले सहयोगी निती अपनाउदै फीड टु निडको लोकप्रीय कार्यक्रम अगाडि सारेको हो । यस क्षेत्रमा रहेको ओलंघन सीटी ,ओनान्डेरा, फग्ट्री ,फेयरी मिडो,वारावङ,अल्वीयन पार्क , सेलहार्वर, डेप्टो र ओननाका स्थानिय डोमिनोजहरुले सुरक्षीत रहन शन्देशका साथ सात सय ३३ जना स्थानिय बासिन्दालाई निशुल्क खानाको व्यबस्था गरेको ओलंघंन,फीयरीमिडा लगायत त्यस क्षेत्रका एक दर्जन डोमिनोज सन्चालन गरिरहेको नेपाली व्यवशायी धर्मराज अधिकारीले बताए । एउटा परोपकारी अभियान अन्तर्गत डोमिनोजले स्थानिय बासिन्दाहरुको सहयोगमा तात्तातो पीज्जा निशुल्क बितरण गरेको हौ । यो पुगिसरी आएकालाई नभइ जसलाई आवश्यकता छ त्यसलाई भनेर हामीले यो अभियान चलाएका हौ , ब्यक्तीगत रुपमा चार सय पीज्जा बितरण गरेका डोमिनोज व्यबशायी धर्म अधिकारीले बताए । अरु स्टोरले पनि सहयोगको यो अभियानलाई साथ र सहयोग गरे र अहिले यो फीड टु निड नारा निकै चर्चामा रहेको छ । एउटा अन्त्राष्ट्रिय फ्रेन्चाइज ब्रान्डले कोरोना माहामारीबिच पनि स्थानिय बासिन्दालाई सहयोगको लागि केहि गर्न सकिन्छ की भनेर एउटा अभियान चलाएको हो र यसमा हामी सामेल भयौ , अधिकारीले सहयोगको भावनालाई यसरी पोखे । अस्ट्रेलियाको नेपाली समाजका अभियन्ताका रुपमा परिचित धर्मराज एनआरएन अभियानका कर्मठ सदस्य अनि पुर्व ओसेनिया क्षेत्रीय संयोजक पनि हुन । सामाजिक काम भनेपछि जुरुक्कै उठ्ने र सहयोगी भावनामा जुट्ने उनको कर्मले उनको लोकप्रीयतामा छेकबार लाउन सकेको छैन । सीडनीको आफ्नो स्टोरमा समेत नेपाली विध्यार्थीहरुको लागि सहयोगी कार्यक्रम चलाउदै आएका अधिकारीले भने, आवश्यकता हेरेर सहयोग गर्ने कुरामा पछि पर्दीन । यस क्षेत्रमा रहेका नेपाली विध्यार्थी देखि स्थानिय सबै जो जसले डोमिनोजमा निशुल्क पीज्जाको अर्डर गरे हामीले उनिहरुलाई निुशल्क पीज्जा बितरण गरयौ त्यसमािथ पनि रोजगारी गुमेका र समस्यामा परेकाहरुलाई बिशेष प्राथमिकता दिने गरेको अधिकारीले सुनाए । अधिकारीका एक दर्जन डोमिनोज स्टोरमा करिब सय जना नेपालीका साथ करिब डेढ सय अस्ट्रेलियनहरु कार्यरत रहेका छन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।