नेभिगेशन
खेलकुद

मनकामनाले जित्यो क्यानबेराको दशैं कप

खेलुकदको माध्यमवाट नेपाली समाज जोड्ने अभियानमा लागेको क्यानबेरा नेप्लीज फुटबल क्लबको आयोजनामा सन्चालित राइट एन्ड एशोसीयट्स दशैं कपको उपाधि मनकामना क्लबले जितेको छ । क्यानबेराको एएनयुको खेल मैदानमा संचालित दशैं कपको फाइनल खेलमा मनकामनाले टिम मुक्तीनाथलाई २,१को अन्तरले पराजित गर्दै उपाधि जितेको थियो । मनकामनाका लागि दुबै गोल राजन अर्यालले गरेका थिए । यस्तै मुक्तीनाथको तर्फवाट भने एक गोल दिपेन्द्र अधिकारीले गरे । कोरोनावाट बिस्तारै मुक्त हुदै गएको अस्ट्रेलियन राजधानी क्यानबेरामा बसोबास गर्दै आएका करिब पाँंच हजार नेपालीको भावना जोडिने यस प्रतियोगितामा टिम स्वयम्भुका वविन पौडेल उत्कृष्ट खेलाडी घोषित भएका थिए । यस्तै उत्कृष्ट गोल रक्षकमा अच्युत कार्की र सर्वाधिक गोलकर्ताको उपाधि राजन अर्यालले हात पारे । प्रत्येक बर्ष नेपालीहरुको महान पर्व दशैको अवसर पारेर आयोजना गरिदै आएको यस प्रतियोगितामा सीड्नी र क्यानबेराको भेट्रान टोलीबिच मैत्रिपुर्ण खेलको समेत आयोजना गरिएको थियो । कुल पाँंछ टिम बिच राउन्ड रोबिनमा खेलाइएको प्रतियोगितामा लिग कम फाइनलका आधारमा सम्पन्न भएको सीएनएपसीका सचिब किरण अधिकारीले बताए । प्रतियोगिताको मध्यान्तरमा महिला तथा बालबालिका बिचको मैत्रि खेलसमेत सम्पन्न भएको थियो । विजेताहरुलाई अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहाल ,क्यानबेरा नेपाली समाजका अगुवा कृष्ण हमाल , दुर्गादत्त कडेंल ,एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष चुडामणि सापकोटा, राइट एन्ड एशोसीयट्सका निर्देशकद्धय बालचन्द्र भट्टराइ र पीआर अधिकारी, एएनएफएसकी अध्यक्ष खुस्बु न्यौपाने लगायतले ट्रफी,पदक तथा प्रमाणपत्र बितरण गरेका थिए । पुरस्कार बितरण गर्दै राजदुत दाहालले नेपाली मन र नेपालीपनलाई एकताको सुत्रमा जोड्ने महत्वपुर्ण माध्यम खेलकुद भएकोले यस्ता आयोजनाहरु महत्वपुर्ण रहने बताए । राजदुत दाहालले हार र जित भन्दा पनि खेलुकदले मानसिक र शारिरिक स्वास्थमा समेत सहयोग पुग्ने हुनाले बिध्यार्थी भाइ बहिनीहरुको लागि महत्वपुर्ण अवसरका रुपमा रहने जिकिर गरे । कार्यक्रमको सभापतीत्व गर्दै क्लबका अध्यक्ष सुरज पौडेलले निकै द्रुत गतिमा बढिरहेको नेपाली समाजको एकता र भाइचारा अभिबृद्धीनै प्रतियोगिताको मुख्य ध्येय रहेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।