नेभिगेशन
कला/शैली

गायक रमण रेग्मीको ‘मेसो पा छैन “सार्वजनिक

सिड्नी, ९ अक्टोबर ,गायक रमण रेग्मीको “ मेसो पा छैन “ बोलको गीताको म्युजिक भिडियो हिजो काठमाण्डौमा सार्वजनिक गरिएको छ । लोकप्रिय संगीतकार हरि लम्सालको रचना ,संगित र एरेन्ज रहेको उक्त म्युजिक भिडियोको निर्देशन गम्भिर बिष्ट गरेका छन् । गीतमा गायक रमण रेग्मी र मेलिना राईको सुमधुर स्वर रहेको छ । सविना कुवर रेग्मीको प्रोडुसन रेहेको उक्त भिडियोमा कलाकारहरु पुष्प खड्का र उषा उप्रेतीले बेजोड मोडलिङ् गरेका छन् । डि एम लिगल अस्ट्रेलिया र इन्स्टा एजुकेसन एण्ड भिसा सर्भिसको स्पोन्सर रहेको उक्त म्युजिक भिडियोको सिनेमाटोग्राफि नवराज उप्रेती र उनको टिमले गरेको हो । सानै उमेर देखी नै गीत संगीत क्षेत्रमा रमाउदै आएका लोकप्रिय गायक रमन रेग्मी ले २०५९ साल तिर आफ्नो पहिलो एकल एल्बम “ समर्पण ” बजार मा ल्याए । नौ वटा सुगम संगीत को एल्बम उक्त “समर्पण “ को भुपेन्द्र खड्का को शब्द र राजु सिंह को संगीत रहेको ‘हुन्छ नि बैशमा मुटु साटौ लाग्ने ‘बोलको गीतले निकै चर्चा पाएको थियो । त्यसैगरी उनले सन २०१४ मा ५ गीत समाबेश गरेर बजारमा ल्याएको “इन्सिपेरेसन “ मा रहेको ‘ घर त लगनखेल ‘ गीतले निकै चर्चा पायो । गायक रेग्मीले उक्त एल्बम बिक्रीबाट भएको आम्दानी को ५० प्रतिशत रकम दिछ्या चापागाई द्वारा काठमाण्डौ मा सन्चालित पवित्र समाज सेवा लाई हस्तान्तरण गरेका थिए । एक दशक भन्दा अघी देखी अस्ट्रेलियालाई आफ्नो कर्मथोलो बनाउदै आएका रमन रेग्मी ले आफुलाई अस्ट्रेलियाको नेपाली समाजमा चिरपरिचित कलाकार को रुपमा उभ्याएका छन् । स्वर सम्राट नारायणगोपाल र भजन सिरोमणी भक्तराज आचार्य को गीत संगीत बाट प्रभाबित भएर संगीत क्षेत्र मा लागेका रेग्मी लोकप्रिय गायक रामकृष्ण ढकालको प्रेरणाबाट गाएक बनेको बताउछन् । गायक रेग्मीले काठमाण्डौ स्थित डोरेमी संगीत स्कुलबाट संगीत समन्धि अध्ययन र तालिम लिएका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्