नेभिगेशन
LEADING_MAIN

कांग्रेसीको एकताका लागि जनसम्पर्कको भेला

नेपाल जनसम्पर्क समिती अस्ट्रेलियाको लामो बिवादलाई थाती राख्दै पुन एक भेलामार्फत उपाध्यक्ष मधुकर गुरुङको संयोजकत्वमा नया तदर्थ समिती गठन गरिएको छ । नेपाली कांग्रेशले आधिकारीक रुपमा कृष्ण गीरीको कार्यसमितीलाई निर्वाचन गराउन आधिकारीकता दिएको तर समय बितिसक्दा पनि अध्यक्ष गिरीले यसका लागि पहल नगरेको भन्दै उपाध्यक्ष मधुकर गुरुङको संयोजकत्वमा नया तदर्थ समिती गठन गरिएको जनसम्पर्क समितीका महामन्त्री सुदिप मुडवरीले जानकारी गराए । सोही भेलामा कमिटीका कोषाध्यक्ष रामजी बस्नेतले पार्टीले आधिकारीकता दिएपनि समितीलाई कुनै जानकारी नगराइ अध्यक्ष कृष्ण गीरीले आफुखुसी गरेको कारण अर्को तदर्थ समिती गठन गर्नुपरेको बताए । अस्ट्रेलियाको कांग्रेशमा यतिविधि भाडभैलो हुनु स्वभाविक मानिन्छ किनभने यहा हरेक राज्यमा छुट्टै जनसम्पर्क समितीहरु छन र तिनलाई नेपाली कांग्रेशको आधिकारीक निकायले समेटन सकेको अवस्था छैन । नेपाली कांग्रेश जनसम्पर्क बिभागका सदस्य सुजित कुमार सिंहको उपस्थीती रहेको कार्यक्रममा अस्ट्रेलियाका प्रजातान्त्रिकधारका चर्चित ब्यक्तीत्वहरुको उपस्थीती रहेको थियो । एनआरएन आइसीसीका केन्द्रिय उपाध्यक्ष मन केसीले प्रवासमा बिचार बोक्ने जमात बिचको आपसी सम्वन्धलाई प्रगाढ बनाउन एकताको खाचो रहेको बताउदै नेपाली कांग्रेशले पनि यस्ता बिषयमा महत्वपुर्ण निर्णय गर्नु पर्ने बताए । बिदेशमा रहेर बिचारकै कारण एकताको सुत्रमा बाधिएको समाजलाई बलियो बनाए मात्र पार्टीलाई पनि फाइदा पुग्ने हुनाले त्यसतर्फ ध्यान दिनु पर्ने उपाध्यक्ष केसीले सुनाए । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका महासचिब डा. ज्ञानेन्द्र रेग्मीले प्रवासमा रहेको नेपाली समाज देश र मुलुकका लागि महत्वपुर्ण गहनाका रुपमा रहेको बिचार ब्यक्त गरे । रेग्मीले भने ,प्रजातन्त्रमा बोल्ने अधिकारी सबैलाई भएपनि संस्थागत बिकास हुन नसक्दा अस्ट्रेलियामा जन सम्पर्क समितीले सोचे अनुरुपको काम गर्न सकेको छैन ,यसतर्फ पार्टीको नेतृत्वले सोच्ने बेला आएको छ । रेग्मीले भने,अस्ट्रेलिया लगायत कयैन देशमा जनसम्पर्क समिती त छन तर तिनले आस्थावान कांग्रेशहरुलाई समेटन सकेको छैन , यो नेतृत्वको कमजोरी हो । कार्यक्रममा बोल्दै नेपाल अस्ट्रेलियन डेमोक्रयाटीक फोरमका अध्यक्ष सुरेन्द्र सापकोटाले नेपाली काँंग्रेशले पटक पटक सहि निर्णय गर्न नसक्दा अस्ट्रेलियामा डेमोक्रयाटहरु छिन्न भिन्न अवस्थामा रहेको बताए । जन सम्पर्क समितीको नाममा आस्थावान साथीहरुलाई पाखा लगाएर केन्द्रले केहि भोटका लागि राजनिती गर्दाको परिणाम अस्ट्रेलियामा डेमोक्रयाटहरु एक आपसमा लडिरहेको अवस्था रहेको सापकोटाले सुनाए । एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष सुरेन्द्र सीग्देलले निकै भावुक र आक्रोसीत मुद्रामा बिचारको एकताले बाधिएका डेमोक्रयाटहरुलाई पार्टीले पटक पटक फुटाउदै आएको आरोप लगाए । सिग्देलले जो सँंग जनाधार छैन त्यसैलाई पार्टीले नेतृत्व सुम्पन्छ, जसले डेमोक्रयाटलाई समेटन सकेको छैन त्यही निर्वाचन समितीको संयोजक बनाइन्छ भन्दै तोकिएको मितीमा निर्वाचन गर्न असक्षम नेतृत्वलाई पुर्ण बिराम लगाएर नया सक्षम र सबल नेतृत्वको आवश्यकता रहेको औलाए । कार्यक्रममा बोल्दै एनएडीएफका पुर्व अध्यक्ष विवेक थापाले बिदेशी भुमिमा कांग्रेशका नाममा भेला भएका सबै बिचारका आफन्त भएकोले यसलाई एकताको सुत्रमा बाध्न अहिलेको नेतृत्व बिफल भएको ठोकुवा गरे । थापाले एनआरएनको निर्वाचनमा समेत डेमोक्रयाटहरुको एकताको परिणाम देखिसकेको अवस्थामा सबैले मेरो र तेरो नभनी हाम्रो र सबैको भन्ने बेला आएको बताए । थापाले अहिलेको जनसम्पक समितीले कांग्रसी जन र मनलाई जोड्न नसकेको हुनाले यसको बिकल्प आवश्यक रहेको औलाए । कार्यक्रममा नेपाली काग्रेश जनसम्पर्क समिती बिभागका सदस्य सुजित कुमार सिंहले आफुले अस्ट्रेलियामा रहेर कांग्रेशको बिभिन्न समितीमा कार्य गरेको कारण यहाको बास्तबीक समस्याका बारेमा जानकार रहेको र त्यसलाई पार्टीमा जस्ताको त्यस्तै पुर्याउने काम गर्ने बताए । मलाई पार्टीले दिएको जिम्मेवारीलाई निर्भिक रुपमा यहाको समस्याको समाधान खोज्न लागिपर्ने छु ,सिंहले सुनाए । एनआरएनका प्रवक्ता नन्द गुरुङले एनअराएनको निर्वाचन आइरहेको अवस्थामा सबै डेमोक्रयाटहरु एकताको बाधीने बेला आएको र त्यसका लागि जन सम्पर्क समितीको बृहत संरचनामा परिवर्तनको खाँंचो देखिएको बताए । कार्यक्रममा एनआरएनका कोषाध्यक्ष अनिल पोखरेल, जन सम्पर्क समिती एनएसडब्लुका अध्यक्ष थानु शाक्य, उपाध्यक्ष प्रदिप पाठक ,ग्रानभिल समाजका उपाध्यक्ष भिम बस्नेत ,सुदुर पश्चिम समाजका पुस्कर भट्ट ,सुनिल विष्ट ,उद्धव बिष्ट, अर्वन समाजका उपाध्यक्ष राजु गीरी, नेबी संघको केन्द्रिय सदस्य डा रितेस चिमोरिया लगायतको उपस्थीती रहेको थियो । कार्यक्रममा जनसम्पर्क बिभागका सदस्य सुजित कुमार सिंहलाई जन सम्पर्क समितीको तर्फवाट सम्मान समेत गरिएको थियो । भेलाद्धारा गठित तदर्थ समितीका संयोजक मधुकर गुरुङको सभापतित्वमा सन्चालित कार्यक्रममा उनले यस कमिटीलाई पुर्णता दिएर निकट भबिष्यमा पार्टीलाई जानकारी गराउने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्