नेभिगेशन
LEADING_MAIN

अस्ट्रेलियामा मनाइयो संविधान दिवस

छैठौ संविधान दिवस अस्ट्रेलियाको सीड्नी र राजधानी क्यानबेरा लगायत शहरहरुमा भब्य रुपमा मनाइएको छ । कोरोनाको प्रभावका कारण ब्यक्तीगत रुपमा धेरै मानिशहरुको उपस्थीती हुन नसकेपनि भर्चुयल बैठक मार्फत अस्ट्रेलियाका विभिन्न राजनितीक दलका सांसद तथा सामाजिक अभियन्ताहरुले संविधान दिवसको अवसरमा शुभकामना प्रदान गरेका थिए । नेपालको संविधान दिवसको उपलक्ष्यमा न्युसाउथवेल्स राज्यको महाबाणिज्यदुतावासमा आयोजिक कार्यक्रममा बोल्दै लिबरल पार्टीका सिनेटर एन्ड्रयु बर्गले नेपालीको संवीधान दिवसको उपलक्ष्यमा अस्ट्रेलियामा रहेका सम्पुर्ण नेपालीहरुलाई बधाइ तथा शुभकामना दिएका थिए । सिनेटर वर्गले अस्ट्रेलियाको सत्तारुढ पार्टी लिबरलमा पनि एक नेपाली युवा पीजे श्रेष्ठले संघिय सांसदको चुनाब लडेको स्मरण गर्दै भने यसले पनि दुइ देश बिचको सम्वन्ध प्रष्टाएको छ । वर्गले आफ्नो नेपाल जाने चाहना कोरोनाका कारण रोकिएको र निकट भबिष्यमै नेपाल भ्रमणको योजना बुन्ने बताए । यसैगरी प्रतिपक्ष दल लेबरकी संघिय सांसद मिचेल रोलान्डले अस्ट्रेलियामा नेपाली समाज निकै सुन्दर र एकताबद्ध रहेको कारण पनि दुइ देश बिचको आपसी सम्वन्ध बलियो बन्दै गएको बताइन । उनले संविधान दिवसको उपलक्ष्यमा शुभकामना दिन पाउँंदा खुसी लागेको बताउदै भनिन, नया संविधानले समृद्ध नेपालको चाहना पुरा होस भन्ने कामना गर्छौ । जुम बैठक मार्फत शन्देश दिने क्रममा लेबरका एनएसडब्लुकी नेता तथा सांसद जोडि मकायाले संविधान दिवसको उपलक्ष्यमा बधाइ ज्ञापन गर्दै भनिन,अस्ट्रेलियामा रहेका पचासौ हजार नेपाली अन्तराष्ट्र्रिय विध्यार्थीका हितका सवालमा समेत आफुहरुको ध्यान आकृष्ट भएको छ । अस्ट्रेलियामा नेपाली समाज फराकिलो बन्दै गर्दा दुइ देश बिचको कुटनितिक सम्वन्धपनि बिस्तार हुदै जाने भएकोले नेपालसँंग् जोडिएका सबै बिषय प्राथमिकतामा पर्ने गरेको मकायाले सुनाइन । कार्यक्रममा बोल्दै एनआरएनका केन्द्रिय उपाध्यक्ष मन केसीले बिदेशि भुमिमा रहेर पनि चन्द्रसुर्य झन्डा मुनी आफ्ना देशका चाड पर्व मनाउन पाउनु आफैमा गर्वीलो बिषय रहेको बताउदै भने नया संविधानले चाहेको र सोचेको कुरा पुरा होस । यस्तै अस्ट्रेलियाका कानुन ब्यवशायी शम्सेर सिंह थापाले संविधान दिवस मनाउदै गर्दा यसको महत्वपुर्ण पक्षका रुपमा रहेको कार्यान्वयनको पक्षलाई ध्यान दिनुपर्ने बताए । थापाले भने हामीले संविधान त बनायौ तर यसका कार्यान्वयनका कतिपय पक्षमा हामी गम्भीर नभएको पाएका छौ ,यस कारण पनि संविधान दिवस मनाउदै गर्दा त्यसतर्फ ध्यान दिइयो भने बल्ल संविधान दिवस मनाएको सार्थक हुने थियो । कार्यक्रममा सामाजिक अभियन्ता भवानी ओलीले नया संविधान ऐतीहासिक र मुलकको मुहार फेर्ने दस्तावेज भएकोले बिदेशमा बसेर पनि संविधान दिवस मनाउदै गर्दा हामीले गौरव गर्नुपर्ने बताए । एनआरएन अस्ट्रेलियाका निर्वतमान अध्यक्ष गोवा कटुवाललले संविधान दिवसको उपलक्ष्यमा बिदेशमा बस्ने सबै नेपाली एकताबद्ध हुने मौका प्रदान गरेको र प्रवासी नेपालीको हक हितमा समेत उल्लेख्य कदम चालिएकोमा खुसी ब्यक्त गरे । कार्यक्रममा पत्रकार संघ अस्ट्रेलियाका सल्लाहकार सन्चारकर्मी मनऋषी धिताल ,एनआरएनकी संरक्षक इन्द्रा वन , एनआरएनका उपाध्यक्ष देब गुरुङ, आइसीसी सदस्य जानकी पौडेल , एनआरएन प्रवक्ता नन्द गुरुङ , ओएनएफका अध्यक्ष रमेश पाण्डे, लगायतले संविधान दिवसको उपलक्ष्यमा आआफ्ना धारणा ब्यक्त गरेका थिए । कार्यक्रम एनआरएन ओसेनियाका संयोजक होम पाण्डेले सन्चालन गरेका थिए । यसै गरी संविधान दिवसको उपलक्ष्यमा क्यानबेरा स्थीत नेपाली राजदुतावासले पनि केहि सिमित ब्यक्तीहरुको उपस्थीतीमा संविधान दिवस मनाएको छ । अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले संविधान दिवसको अवसरमा शुभकामना आदान प्रदान गरेका थिए । कार्यक्रममा एनआरएनका पुर्व अ‍ोसेनिया संयोजक धर्मराज अधिकारी, एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष चुडामणी सापकोटा , समाजिक अभियन्ता कृष्ण हमाल लगायतको उपस्थीती रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्