नेभिगेशन
नेपाल समाचार

जापानको व्यबशायीक किक बक्सीङमा नेपाली युवाको उदय

अविरलले पहिलो चरणमै ढाले जापानी प्रतिद्धन्द्धीलाई नेपालका युवा किक बक्सिङ खेलाडी अबिरल घिमिरेले आफ्नो व्यबशायीक यात्रामा जापानिज किक बक्सर थातुयालाई पहिलो राउन्डमै नक आउट गर्दै उपाधि हात पारेका छन् । लामो समयदेखि जापानमा बसेर किक बक्सिङमा वर्चश्व कायम गर्दै आएका युवा खेलाडी घिमिरले आइबार जापानिज खेलाडीलाई हराउँदै अर्को कीर्तिमान कोरेका हुन् । उनले २५ वर्षीय जापानिज खेलाडी थातुयालाई पहिलो राउन्डकै केहि मिनेटमै तिन पटक हुक र पन्चले ढलाएका थिए । काठमाडौंकोे चन्द्रागिरी निवासी घिमिरेले जापानी खेलाडीलाई सहजै परास्त गर्दा उनका प्रशिक्षकको खुसीको सिमा थिएन । जीतपछि निकै हर्षित मुद्रामा अविरलले भने, ‘ जापानी भुमिमा चन्द्र सुर्य झन्डा बोकेर मुलुकको नाम राख्न पाएकोमा गर्व लागेको छ । निकै प्रतिस्पर्धात्मक र टफ हुने भनिएको यो भिडन्त केहि मिनेटमै सकिदा दर्शकहरु भने खिन्न हुन पुगेका थिए । पहिलो राउन्डको प्रारम्भमा अविरलमाथि केहि हावी देखिएको जापानी किक बक्सर अविरलको शक्तीसाली पन्चमा खुत्रुक्कै ढलेका थिए । ‘आगामी दिनमा पनि नेपालको झण्डा बोकी विश्वसामु देशको नाम चम्काउन प्रयासरत रहन्छु’ घिमिरेले भने । https://www.facebook.com/merojapan/videos/349995592793047/ अबिरल नेपालमा चर्चित किक बक्सिङ खेलाडी देव घिमिरेको छोरा हुन् । लामो समयदेखि उनी जापानमा रहेका आफ्नै पिता देवको निगरानी र प्रशिक्षणमा अभ्यास गर्दै आएका छन् । प्रशिक्षक तथा पीता देब घिमिरेले अविरलको उमेर र अनुभव कम भए पनि अन्तर्राष्ट्रिय अनुभव बटुलेका व्यावसायिक खेलाडीलाई हराउनु महत्वपुर्ण घटनाक्रम रहेको बताए ।उनले विभिन्न राष्ट्रका खेलाडीहरूसँंग १४ वटा भिडन्तमा १३ वटामा जित हासिल गरेका थिए भने एक म्याच बरावरीमा रोकिएको थियो । आइतबारकोे चर्चित हिट ४७ नाम दिइएको भिडन्त जापानको टोकियोस्थित टोकियो टावरमा भएको संचालन भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्