नेभिगेशन
LEADING_MAIN

भवन भट्टका काका ससुरा जापानका प्रधानमन्त्री बन्ने

आगामी हप्ता जापानले नयाँ प्रधानमन्त्रीका रुपमा लिबरल डेमोक्रयाटिक पार्टीका योशिहिदे सुगालाई प्राप्त गर्ने प्रवल सम्भावना देखिएको छ । बर्तमान प्रधानमन्त्री सीन्जो आवेका बिश्वासपात्रका रुपमा रहेका सुगाले पछिल्लो सर्बेक्षणमा पार्टीका दुई तिहाइ नेताको समर्थन पाउने देखाएको छ । सबैभन्दा लामो कार्यकाल सम्हाल्ने सफल प्रधानमन्त्रीका रुपमा चर्चित सिन्जी आवेले स्वास्थका कारण पद छाड्ने निर्णय गरेपछि नयाँ प्रधानमन्त्रीको लागि दलमा नयाँ नेतृत्व चयन प्रकृया अगाडि बढेको हो । सेप्टम्बर १६ मा जापानमा नयाँ प्रधानमन्त्री घोषणा हुने कार्यक्रम छ । स्थानीय पत्रिका क्योदोले गरेको एक सर्वेक्षणमा प्रधानमन्त्रीको दौडमा रहेका फुमियो किसिदा, पूर्व रक्षामन्त्री सिगेरु इसिवालाई पछाडि छाड्दै सुगा अगाडि देखिएका हुन् । भारतसँगको रोटीबेटीको सम्वन्ध भनेझै सुगा जापानका नयाँ प्रधानमन्त्री भए नेपालीका लागि पनि खुसीको खबर बन्ने छ । सुगा जापानमा रहेका नेपाली व्यबसायी तथा एनआरएनका निवर्तमान अध्यक्ष भवन भट्टका काका ससुरा पर्दछन् । आगामी हप्ता हुने लिबरल डेमोक्रयाटिक पार्टीको चुनाबमा सुगाले जित्नु महत्वपूर्ण घटनाक्रम बन्नसक्नेछ । जापानजस्तो शक्तिशाली देशको प्रधानमन्त्री एउटा नेपालीको नातागोतामा पर्नु आँफैमा पनि महत्वको बिषय बन्न सक्छ । सुगा श्रीमती मियको भट्टको नाताले काका हुन् |
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्