नेभिगेशन
LEADING_MAIN

समस्यामा परेका अस्ट्रेलियन नागरिकलाई स्वदेश फर्कन सरकारले आर्थिक सहयोग गर्ने

बिदेश भ्रमणमा गएको बेला कोरोना भाइरसका कारण विदेशमै अड्केर समस्यामा परेका अस्ट्रेलियाका नागरिकलाई संघीय सरकारले स्वदेश आगमनमा सहायता स्वरूप ऋण उपलब्ध गराउने भएको छ । कोरोनाभाइरसका कारण विदेशमै अड्केर बस्न बाध्य अस्ट्रेलियालीका समस्याका बारेमा बोल्दै परराष्ट्र मन्त्री मरिस पेनले आर्थिक रूपमा कमजोर तथा असुरक्षित अस्ट्रेलियालीहरू लक्षित ट्राभलर इमर्जेन्सी लोन्स प्रोग्राम नामको यात्रु आपतकालिन ऋण कार्यक्रमक ल्याइने बताएकी हुन । पछिल्लो सर्बेक्षणले जनाएअनुरुप करिब तीस हजार भन्दा बढि अस्ट्रेलियन नागरिकहरु यतिेबला विविध कारण संसारभर छरिएर रहेका छन । जसमध्ये करिब पचास जना नेपालमा समेत रहेका छन । कतिपय कामका दौरान र कतिपय घुमघामका कारण समस्यामा फसेका हुनसक्ने भएकोले उनिहरुलाई यस विपतमा समस्याको हल गर्न र स्वदेश फर्कन ट्राभलर इमर्जेन्सी लोन्स प्रदान गरिने भएको हो । बिदेशमा रहेका अधिकाश अस्ट्रेलियनहरु स्वदेश फर्कन चाहेको बिभिन्न माध्यमवाट सुचना प्राप्त भएपछि सरकारले यो नया सहलियत ऋणको व्यबस्था गर्न लागेको हो । “यो सहायत ऋणका रुपमा एक चोटिका लागि प्रदान गरिने आपतकालिन खर्च जीवनयापन गर्न र उनिहरुलाइ अस्ट्रेलिया फिर्ता हुन सक्षम नभएसम्म उपलब्ध हुनेछ,“मन्त्री पेनले जानकारी दिइन । तर, यसरी सरकारी ऋण लिन भने सरकारले तोकेका केहि आधारभुत आवश्यकताहरु पुरा गरेको हुनुपर्दछ । बिदेशमा बसेर अस्ट्रेलिया फर्कन प्रयास गरेको अनि आर्थिक समस्यामा परेको प्रमाण भने पेश गर्नुपर्ने हुन्छ । कोरोनाभाइरस महामारी सुरु भए यता हालसम्म झन्डै ३ लाख ७९ हजार अस्ट्रेलियालीहरू स्वदेश फर्किसकेका छन्। यो ऋण साहयताका लागि अस्ट्रेलियाली नागरिक भएको हुनुपर्ने र १८ बर्ष पुरा भएको तथा उनका नजिकका नातेदार पीआर भए उनिहरुको नाम समेत समावेश गरिन सकिने छ । आवेदन दिने मानिसले आर्थिक सहयोगका लागि व्यावहारिक प्रयास गरेको हुनुपर्ने छ। तपाईँ विदेशमा अस्थायी रूपमा हुनुहुन्छ र चिकित्सा वा अन्य कारणहरूको लागि तुरुन्तै अस्ट्रेलिया फर्कनु पर्ने भएको भएपनि यो सहयोग प्राप्त गर्न सक्नुहुने छ । कोभिड १९ को कारण जारी यात्रा अवरोधहरूको परिणामस्वरूप आर्थिक संकटबाट गुज्रिरहेको केहि प्रमाण पेश गुर्नपर्ने हुन्छ । बस्ने स्थान सुरक्षित नभएको अनि अस्ट्रेलिया फर्कनको लागि टिकट खरिद नगरुन्जेल आश्रय स्थलको खोजी लगायतका विविध कारणहरुमा पनि यो सहायत ऋण प्राप्त हुने परारष्ट्र मन्त्री पेनले जानकारी गराइन । त्यती मात्र होइन हवाइ उडान उपलब्ध नभएका र सम्वन्धित राज्यको लकडाउनमा फसेका अस्ट्रेलियनहरुले पनि यो सहयोग प्राप्त गर्न सक्ने छन । एजेन्सीहरु
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्