नेभिगेशन
LEADING_MAIN

नेपाली रक्तदाता संघ अस्ट्रेलिया गठन

अस्ट्रेलियामा रहेका नेपाली रक्तदाताहरुको समुह तथा समाजीक अभियन्ताको एक भेलाले नेप्लीज ब्लड डोनर्स एशोसियसन अस्ट्रेलिया गठन गरेको छ । अस्ट्रेलियामा लामो समयदेखि बसोबास गर्दै आएका भुपाल सिटौलाको अध्यक्षतामा गठित सो संघका उपाध्यक्षमा मुक्तीराम पोखरेल, प्रकाश खरेल सचिबमा चन्द्रप्रकाश ढकाल,कोषाध्यक्षमा रंजिता भण्डारी रहेका छन । यस्तै नवगठिन रक्तदाता संघ अस्ट्रेलियाका सदस्यहरुमा राज खनाल, उमेश पोखरेल, इश्वर कुइकेल, दिवाकर काफ्ले, सुर्य खनाल, ललित मल्ल, निरज खतिवडा, अर्जन गैरे ,सिमा थापा ,प्रशन्न दाहाल र अजय राजवंशी रहेका छन । संघको संरक्षकमा बिनोद मैनाली र सल्लाहकारमा दिनेश पाखरेल,हेमन्त काफ्ले,बिष्णु हमाल, टोनु गोथाने,भैरव ढकाल, भुमा लीम्बु ,देवेन्द्र सापकोटा र महेन्द्र ओली रहेका छन । यो संस्थालाई अन्तराष्र्टि«य नेपाली रक्तदाता संघले समेत भगिनी संस्थाको रुपमा समेत मान्यता प्रदान गरेको छ । रक्तदान जिवनदान भएको कराण पनि हामी समाजीक कार्यमा सरिक ब्यक्तीहरु संगठित भएर पुन्य कर्ममा जोडिएको नव गठित समितीका अध्यक्ष भुपाल सिटौलाले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्