नेभिगेशन
खेलकुद

क्यानबेरामा बुद्ध नेप्लिज क्रिकेट क्लब

अस्ट्रेलियाको राजधानी क्यानबेरा आसपासको क्षेत्रमा नेपाली समुदाय बढ्दैजाँंदा कला संस्कृती र खेलुकद लगायतका गतिविधीहरु पनि बढ्न थालेका छन । । बिस्तारै अस्ट्रेलियामा पीआर र बसाइका लागि सहज बन्नेस्थानमा बिध्यार्थीहरुको संख्या हवात्तै बढेपछि क्यानबेरामा पनि नेपालीहरुको संख्या दिप्रतिदिन बढ्न थालेको छ । यसै क्रममा नेपालमा क्रिकेट खेलेर अध्यनका लागि अस्ट्रेलिया पुगेका विध्यार्थी र उतै स्थापीत भैसकेका नेपालीहरुको सामुहिक प्रयासमा हालै क्यानबेरामा बुद्ध नेप्लीज क्रिकेट क्लबको स्थापना गरिएको छ । नेपालवाट अन्तराष्ट्रिय क्रिकेट खेलिसकेका पुराना ब्याट्सम्यान प्रेम चौधरीको अध्यक्षतामा क्लब गठन गरिएको हो । बढ्दै गरेको नेपाली समाज र नेपाली खेलाडीहरुलाइ मध्यनजÞर गर्दै क्यानबेरालाइ क्रिकेट प्रेमीको रोजाइको शहर बनाउने र स्थानिय लिग र एकदिवसीय क्रिकेटमा सहभागीता जनाउने उद्धेश्यका साथ क्लबको स्थापना गरिएको अध्यक्ष चौधरीले बताए । नेपालीको क्रिकेट प्रतीको कौशलतालाइ क्यानबेरामा रहेका बिभिन्न बहुसांस्कृतिक समुदाय माझ चिनाउने उदेस्यले बुद्ध नेप्लीज क्रिकेट क्लब(बीएनसी)को आवश्यकता महसुस भए अनुरुप आफ्नो अग्रसरता र खेलाडीहरुको हौसलाका साथ क्लवको स्थापना गरिएको कुरा क्लवका अध्यक्ष चौधरीले बताए । साथै क्यानबेरामा छरिएर रहेका र क्रिकेट खेल प्रति झुकाव राख्ने ब्यक्तीहरु खेलबाट बन्चित हुन् नपरोस भन्ने हेतुले बिएनसी.सीको गठन भएको कुरा क्लबका जन सम्पर्क अधिकृत कर्मा लामाले सुनाए । हाल सम्म कलबमा २५ जना खेलाडी दर्ता भइसकेका छन् । क्लवलाई स्थानिय सरकारको कानुनी प्रकृया बमोजिम एक्सेस क्यानबेरामा दर्ता गरिसकेको क्लबका सदस्य ललित मल्लले जानकराी गराए । क्लबको सल्लाहकारमा क्यानबेराका प्रतिष्ठीत नेपाली अभियन्ता कृष्ण हमाल रहेका छन। क्लबका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा बिकल शाही , सचिबमा अर्जुन ज्ञवाली र जन सम्पर्क अधिकृतमा कर्मा लामा तथा कोषाध्यक्षमा गोबिन्द खरेल रहेका छन । यस्तै क्लबका सदस्यहरुमा सुदिप दाहाल,युबी बराल,बसन्त भट्ट,ललित मल्ल रहेका छन भने टिम ब्यबस्थापकमा कृष्ण सुबेदी रहेका छन । क्लबको कप्तानमा अर्जुन केसी र उप कपतानमा सन्जय भट्टलाई मनोनित गरिएको छ । क्लबको गोल्ड स्पोन्सरमा आरके होम्स रहेको छ भने अन्य प्रायोजकहरुसँंग कुराकानी अगाडि बढीरहेको अध्यक्ष चौधरीले बताए । क्लबमा जोडिन वा क्रिकेट खेल्न चाहने क्यानबेरा क्षेत्रका खेलाडीहरुलाई क्लबले हार्दिक स्वागत गरेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू २० मा नेपालको विजयी सुरुवात

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत उद्घाटन खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ।
काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल : इतिहास रच्नबाट चुक्यो नेपाल, भारत च्याम्पियन

काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ । फाइनल खेलमा घरेलु टिम नेपाललाई ३-२ को सेटमा हराउँदै भारत च्याम्पियन बनेको हो ।
पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिकको १२औं दिन अमेरिका २७ स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा

पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार जोकोभिचले पेरिस ओलम्पिकमा जिते स्वर्ण

टेनिस स्टार नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण जितेर करिरसको गोल्डेन स्लममा पनि पूर्णता दिएका छन् । ३७ वर्षे यी खेलाडीलेफाइनलमा स्पेनिस खेलाडी कार्लोल अल्काराजलाई हराएका हुन् ।