नेभिगेशन
LEADING_MAIN

सीड्नी बसमा झुल्कीयो मल्टी डाइनामीक

प्रचारको शैली र तरिकाले पनि लोकप्रीयता र हेर्ने दृष्टीकोणमा फरकपन आउदो रहेछ । पछिल्लो पटक नेपाल आइडलको सीडनी शो को दौरान सीड्नी ट्रेनमा नेपाली कलाकारको प्रचारले त्यतीबेला निकै महत्व पाएको थियो । यतिबेला घरजग्गा ब्यवशायमा अलग पहिचान बनाउन सफल मल्टी डाइनामिक अर्वनले आफुलाई सीड्नीको बसमा झल्कने पोष्टर मार्फत आफ्नो लकेप्रीयतालाई अभिबृद्धी गर्ने काम गरेको छ । घरजग्गा किनबेच तथा ब्यबस्थापनमा फरक र अलग पहिचान बनाएको मल्टी डाइनामिक रियल स्टेटको अर्वन ब्रान्चले यस प्रकारका ब्यवशाय प्रर्वधनको नया आयामको थालनी गरेको हो । हाम्रो सेवालाई फरक र अलग ढंगवाट चिनाउने प्रयास स्वरुप प्रर्वधनका क्रममा सीड्नी बसमा प्रचार आरम्भ गरेको यसका प्रीन्सीपल तेज कवेंले बताए । फरक र अलग पेशा मार्फत पहिचान बनाउने क्रममा रियलस्टेट बिजनेशलाई अगाडि बढाउने क्रममा धेरै भन्दा धेरै मानिशमा हाम्रो पुहँंच पुगोस भन्ने हाम्रो ध्येय हो , प्रीन्सीपल कवेंले सुनाए । प्रचार पनि ब्यवशाय प्रर्वधन र पुहँंचको महत्वपुर्ण माध्यम भएकोले सबैको सहजै आँंखा पुग्ने स्थानमा सबैको फोटो सहित प्रचार सुरु गरिएको मल्टी अर्वनका एक निर्देशक डिल्ली ढकालले सुनाए । बसमा मल्टी डाइनामिकको पोष्टर र प्रीन्सीपल तेज कवें, निर्देशकहरु डिल्ली ढकाल, विजय ज्ञवाली, तिर्थ आचार्य र जितेन्द्र श्रेष्ठको फोटो अंकित गरिएको छ
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्