नेभिगेशन
अन्य

राष्ट्रकबि माधवप्रसाद घिमिरेको निधन

काठमांडू ,भदौ ३गते। राष्ट्रकबि माधवप्रसाद घिमिरेले एक सय एक बर्षको उमेरमा हिजो साँझा यो धर्तीबाट भौतिक रुपले बिस्राम लिए । काठमांडूको लैनचौरस्थित आफ्नै निवासमा बेलुकी ५:५५ बजे उनले आफ्नो प्राण त्यागेका हुन् । नेपाली साहित्यमा बिशिष्ठ योगदान पुर्याएका घिमिरेले ले १९९५ सालमा रचना गरेको “रामविलास” खण्डकाब्यबाट आफ्नो साहित्यिक यात्रा सुरु गरेका थिए। उनले २०१७ मा पापिनी आमा र राजेस्वोरी ,२०२३ मा रास्ट्र निर्माता र २०३० मा धर्तीमाता काब्य संग्रहहरु तथा सकुन्तला २०३३ ,मालातिमंगले २०३५,हिमालावारी २०५४ लगाएतका गीति नाटकहरु नेपालि साहित्य जगतलाई सुम्पिएका छन्। स्वछन्दताबादी भावधारा र परिस्कारबादी शैली अपनाएर साहित्यिक सृजना गर्न रुचाउने घिमिरेको २०१५ सालमा प्रकासित गौरी खण्डकाब्य धेरैले रुचाएको चर्चित खण्डकाब्य हो। बि सं १९७६ असोज ७गते लम्जुङ्गको बाहुनडाडा पुस्तन गाउमा जन्मिएका घिमिरेले आफ्नी श्रीमती गौरीको निधन पछि “गौरी” शोककाब्यको रचना गरेका हुन्। नेपाली हामी रहुला कहा नेपालै नरहे ,आजै र राती के देखे सपना मै मरी गएको , फुलको थुङ्गा बहेर गयो ,गाउछ गीत नेपाली जस्ता गीतहरु नेपाली जनजिब्रोमा युगौ युगसम्म रहिरहने छ। राष्ट्रकविको पार्थिव शरिरको आज रास्ट्रीय सम्मानका साथ अन्त्यस्ठी गरिने कार्यक्रम छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्