नेभिगेशन
LEADING_MAIN

अर्वनको क्याटमान्डु फेरी लुटियो

व्यक्तीगत सुरक्षामा ध्यान दिन आग्रह सीडनीको अर्वनमा रहेको क्याटमान्डु किराना पसल निरोज कार्कीले सीड्नीको अर्वनमा क्याटमान्डु मिक्स बिजनेस नामक किराना पसल खोलेको एक बर्षमै तिन पटक लुटेराको सामना गर्नुपरयो । किराना पसल खोलेको केहि महिनामै गत अक्टोबरमा लुटेराले किराना पसल लुट्ने प्रयास गरे । त्यतीबेला उनले यसलाई लागु पर्दार्थ दुब्र्यसनीहरुको काम हुन सक्ने भन्दै प्रहरीलाई खबर त गरे तर त्यती ठुलो बिषय बनाएनन । यसलाई उनले गुपचुपमै राखे । त्यसको केहि महिनापछि जुन महिनामा एक जनाले साँझ पखनै पसलमा आएर नगद लुट्ने प्रयास गरयो । त्यतीबेला पसलमा बसेकी पबित्रा कार्कीले चक्कुले लखेटेर लुटेरा भगाइन । उक्त घटना निकै चर्चाको बिषय पनि बन्यो । पबित्राको बहादुरीको कथा अस्ट्रेलियन टेलिभिजन लगायत सबैले सगौरव प्रस्तुत गरे । एउटी नेपाली चेलीले बिदेशी भुमिमा लुटेराको सामना गरेर भगाउनु आफैमा बहादुरीको कुरा थियो । पवित्राले एक्लो लुटेरा भगाएको सात दिन बित्न नपाउदै पुन पसलमा चार जनाको लुटेराको समुह आएर साझँ एक्लै महिला भएको अवस्थामा क्यासबक्स बोकेर हिडे । प्रतेक पटक पसलमा भएको घटनालाई उनिहरुले सीसीटीभी फुटेज सहित प्रहरीका रीपोर्ट पनि गरेका थिए । तर हुडी र मास्कमा आएका लुटेरालाई पहिचान गर्नु प्रहरीको पनि मुस्कीलको बिषय बनेको छ । तेस्रो घटना भएको केहि हप्ता बित्न नपाउदै अस्ट्रेलियन प्रहरीको अर्वन ब्युरोले स्थानिय टेलिभिजनमा अर्वन क्षेत्रमा दिन दहाडै हुने गरेका यस्ता लुटपाटमा संल्गनको पहिचान गर्न सहयोगका लागि आम समुदायमा अपील समेत गरेको छ । लुटपाट भन्दा पनि यस्तो प्रवृतीका घटनाहरु बारम्बार दोहरिदाँं सुरक्षाको बिषयमा गम्भीर हुनुपर्छ भनेर पसलका संचालक निरोज यतिखेर आफै पसलमा समय दिने गरेका छन । दिन रात दोहोरो मानिस आवत जावत गर्ने अर्वनको ट्रेन स्टेसनवाट सय मिटरको दुरीमा रहेको यो पसलमा भएका घटनाका बारेमा सन्चालक निरोज आफै तिन छक परेका छन । यो संयोग हो की नियोजित बुझ्न कठिन भएको छ । सीड्नी क्षेत्रमा नेपाली विध्यार्थीहरुको सबैभन्दा बाक्लो बसोबास रहेको यो क्षेत्रमा नेपालीहरुकै आधा दर्जन रेष्टुरेन्ट र त्यत्तीकै संख्यामा किराना पसल रहेका छन । जसमा वाइवाइ देखि डल्ले खोर्सानी र फापरको पीठो अनि टिमुरसम्म सबै उपभोग्य सामान पाइन्छ । हामी व्यबशाय गर्ने साथीहरुलाई यो घटनाले सजग भएर बस्नु पर्ने शन्देश पनि गएको छ । हामी अस्ट्रेलियामा के हुन्छ भनेर निर्धक्क भएर बस्छौ तर त्यसो होइन, हरेक उन्नत समाजमा पनि खराब पक्ष लुकेको हुन्छ भन्ने बिषय हामीले बुझ्नु पर्छ । पैसा दुइ चार सय डलर लुटने कुरो ठुलो होइन, नहोलापनि । तर भोली ज्यानकै सुरक्षाको सवालमा तलमाथि हुन सक्छ,त्यसैले यस बिषयमा गम्भीर हुनुपर्छ भन्ने पाठ भने सिकाएको छ, निरोजले भने ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्