नेभिगेशन
LEADING_MAIN

सीड्नीमा सुजितलाई सम्मान

नेपाल अस्ट्रेलियन डेमोक्रयाटिक फोरम(एनएडीएफ) र जनसम्पर्क समिती एनएसडब्लुले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली कांग्रेसको जनसम्पर्क समिती बिभागमा सदस्य मनोनित भएका सुजित कुमार सींहलाई सीड्नीमा सम्मान गरेका छन । सीड्नीको टाउनहलस्थीत साउर्दन एकेडेमीमा आयोजित कार्यक्रममा गैर आवासिय नेपाली संघका केन्द्रिय उपाध्यक्ष मन केसी, एनएडीएफका अध्यक्ष सुरेन्द्र सापकोटा, पुर्व अध्यक्ष विवेक थापा , एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष सुरेन्द्र सिग्देल लगायतले खादा ओढाएर भर्खरै जनसम्पर्क समिती समन्वय विभागमा मनोनित भएका सुजित कुमार झालाई सम्मान गरेका थिए । कार्यक्रममा एनआरएनका केन्द्रिय उपाध्यक्ष मन खत्रीले छरिएर रहेका डेमोक्रयाटहरुलाई एकताको सुत्रमा बाध्न झाको मनोनयनले महत्वपुर्ण योगदान पुग्ने बिश्वस ब्यक्त गरे । कार्यक्रममा एनएडीएफका अध्यक्ष सुरेन्द्र सापकोटाले अस्ट्रेलियामा आएर पनि आस्थाका आधारमा एकताको सुत्रमा बाधिएका प्रजातन्त्रबादीहरुको लागि यो मनोनयन खुसीको बिषय भएको बताए । एनएडिफका पुर्व अध्यक्ष विवेक थापाले पार्टीले अस्ट्रेलियामा रहेका एउटा साथीलाई पनि महत्वपुर्ण जिम्मेवारी सुम्पेकोमा खुसी ब्यक्त गर्दै पार्टीले दिएको जिम्मेबारलाई निर्भिकताका साथ बहन गर्न अनुरोध गरे । यस्तै एनआरएन अस्ट्रेलियाका पुर्व अध्यक्ष सुरेन्द्र सिग्देलले अस्ट्रेलियामा कांग्रेस पार्टीमा आस्था राख्ने साथीहरु धेरै भएता पनि संगठन राम्रो बन्न नसक्दा छिन्न भिन्न भएको बताउदै झाले यस विषयमा गम्भीरताका साथ आफ्नो चासो अगाडि बढाउनु पर्ने बताए । यस्तै एनएडीएफका संस्थापक तथा जनसम्पर्क समीतीका कार्यवाहक आङछिरिङ शेर्पाले आफु देखेको कुरा बोल्ने हुँंदा कतिपयले यसलाई फरक ढंगले लिने बताउदै नेपाली कांग्रेशको अदुरदर्शीताका कारण संगठन ध्वस्त हुदै गएको बताए । लामो समय आस्थाको राजनिती गर्दापनि त्यसको मुल्यांकन नहुँंदा फरक र अलग बिचारले डेरा जमाउदै गएकोमा शेर्पाले चिन्ता ब्यक्त गरे । कार्यक्रममा एनआरएनका पुर्व कोषाध्यक्ष डिला खरेल, पुर्व आइसीसी सदस्य निरज श्रेष्ठ, नेपाल अस्ट्रेलियन युथ एशोसीएसन(नया)का अध्यक्ष प्रकाश अर्याल , चितवन समाजका अध्यक्ष छबी सापकोटा, एनआरएनका कोषाध्यक्ष अनिल पोखरेल, एनआरएनका पब्लीक अफीसर कोमलराज पाठक, झापाली समाजका भुपाल सिटौला, जनसम्पर्क समितीका साइमन मुडवरी, अर्वन नेप्लीज समाजका राजु गीरी ,सन्चारकर्मी विनोद पौडेल, माधव गैरै लगायतको उपस्थीती रहको थियो । जनसम्पर्क समिती एनएसडब्लुका अध्यक्ष इथान शाक्यको सभापतीत्वमा सम्पन्न कार्यक्रममा सदस्यमा मनोनित सींहले अस्ट्रेलियाको जनसम्पर्क समितीमा बसेर आफुले काम गरिसकेको हुँंदा यहाको परिस्थीतीको बारेमा जानकार रहेको र यस बिवादलाई मिलाउन आफुले हदैसम्मको प्रयास गर्ने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्