नेभिगेशन
LEADING_MAIN

साउथ वेस्ट नेप्लिज कम्युनिटी र अर्घाखाची समाजद्वारा फायर सर्भिसलाइ सहयोग

सिड्नी अगस्त १४। अस्ट्रेलियामा गत बर्ष भएको आगलागी बाट प्रभाबित को सहयोगको लागि साउथ वेस्ट नेप्लिज कम्युनिटी र अर्घाखाची समाजले दुई हजार डलर आर्थिक सहयोग गरेको छ। बाल्मोरल रुरल फायर सर्भिस स्टेसनमा गत बुधबार आयोजित एक कार्यक्रममा सहयोगी दुवै सस्थाका अध्यक्षहरु डा देबेन्द्र सापकोटा र नारायण खनालबाट बाल्मोरल रुरल फायर स्टेसनका डेपुटी क्याप्टेन स्कट मार्कलाइ एक एक हजार डलरको चेक हस्तान्तरण गरियो। उक्त कार्यक्रममा न्यु साउथ वेल्स राज्यका साम्सद लुइस अमाटो र वालनडिलिका स्थानिय मेम्बर नेथानियल स्मिथको उपस्थिति रहेको थियो। कार्यक्रममा सहयोगी सस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो। सो अवसरमा साउथ वेस्ट नेप्लिज कम्युनिटीका अध्यक्ष डा देबेन्द्र सापकोटा ,अर्घाखाची समाजका अध्यक्ष नारायण खनालले आगलागीबाट धेरै मानबिय र भौतिक नोक्सानी व्यहोरेको कर्मभुमिको पिडामा मल्हम लगाउने उद्देश्यले यो सहयोग गरेको बताए। संसद लुइस अमाटो ले सहयोगको लागि नेपालि समुदायलाई धन्यबाद दिए। सहयोग हस्तान्तरण कार्यक्रममा साउथ वेस्ट नेप्लिज कम्युनिटी का महासचिब प्रेम शाह,सचिब प्रज्वल भट्टराइ ,प्रबक्ता सुर्य खनाल ,कोशाध्यक्ष मिनराज भुसाल ,पब्लिक अफिसर हरि अधिकारी ,सदस्यहरु चुन्ना छेत्री र कमल भण्डारीको उपस्थिति रहेको थियो। त्यसैगरी अर्घाखाची समाजको तर्फबाट सचिब मिनराज भुसाल इश्वर खनाल र जनार्दन खनाल लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्