नेभिगेशन
LEADING_MAIN

भिक्टोरियामा आपतकालिन अवस्थाको घोषणा

तीस नेपालीमा कोरोना संक्रमण, रातको समयमा कर्फ्यू कोरोनाको दोस्रो वेभसँंग जुधिरहेको अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलवर्न शहरमा एकै दिन ६ सय ७१ नयाँ संक्रमित थपिएपछि स्थानिय सरकारले आपतकालिन अवस्थाको घोषणासँंगै कर्फ्यू आदेश जारी गरिएको छ । पछिल्ला केहि दिन देखि तिन सयको हाराहारीमा कोरोना संक्रमित थपीएको अवस्थामा एक्कासी एकै दिन ६ सय भन्दा माथिको संख्यामा कोरोना पोजेटिभ देखिएपछि सरकारले यस्तो निर्णय गरेको हो । आइतबार साँंझदेखि प्रारम्भ भएको आपतकालीन अवस्थामा मेलबर्नको शहरी इलाकामा रातीको समयमा कर्फ्यू समेत लागू हुने भिक्टोरिया राज्यका सरकार प्रमुख प्रीमियर डेनियल एन्ड्रयुले बताए । बेलुकी ८ बजेदेखि बिहान ५ बजेसम्म बिना काम कोहिपनि बाहिर निस्कन पाइनेछैन । अत्यन्तै महत्वका बिषय र कामको सवालमा मात्र अनुमती हेरेर मानिसलाई आवत जावतको सुविधा दिइनेछ । किनमेल र आवश्यक सर सामानका लागि पनि एक ब्यक्तीलाई बासस्थानको पाँंच किलोमिटरको दुरीमा मात्र अनुमती दिइने सरकारले जनाएको छ । राज्य सरकारले राज्यभित्र सन्चालनमा आउने सबैखाले मनोरञ्जनात्मक गतिविधिहरू हालका लागि निषेध गरिएको छ । खुला स्थानमा व्यायाम दिनमा एक घन्टामात्र पाइने छ भने यी प्रतिबन्धहरू आगामी ६ हप्ताका लागि लागू हुनेछन् । भिक्टोरिया राज्य भित्र मात्रा हालसम्म लगभग १२ हजार कोरोना सङ्क्रमित भेटिएका छन् जसमध्ये १ सय २३ जनाले ज्यान गुमाइसकेको अवस्था छ् । भिक्टोरियाको मेलवर्न शहरवरपर बसोबास गर्दै आएका कम्तिमा ३० नेपालीलाई पनि कोरोना संक्रमण देखिएको एनआरएन भिक्टोरियाका संयोजक प्रेम कडेंलले बताए । ठ्याक्कै संख्या यकिन गर्न नसकेपनि एनआरएनको सम्पर्कमा आएका विध्यार्थी भाइ बहिनीहरु र स्थानिय साथीहरु गरी कुल तिस जना भन्दा बढिमा कोरोना संक्रमण भएको हामीले जानकारी पाएका छौ । उहाँंहरुमध्ये देश जना होटलमा र अन्य घरमा क्वारेन्टाइनमा रहनु भएको छ ।कडेंलले सबै संक्रमित नेपालीहरुको स्वास्थ अवस्था राम्रो रहेको र उहाँंहरुलाई आवश्यक सहयोगका लागि एनआरएन भिक्टोरिया लागिपरेको बताए । यसै बिच दोस्रो वेभसँंग जुधिरहेको अस्ट्रेलियाको एनएसडब्लु राज्य सीड्नीमा पनि कोरोना संक्रमितको संख्या बढन थालेपछि राज्यसरकारले नागरिकहरुलाई सुरक्षाका लागि मास्क लगाउन आग्रह गरेको छ । हाल सीड्नी वरपरको क्षेत्रमा दिनहुं १५ देखि २० जनाको बिचमा कोरोना संक्रमण देखिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्