नेभिगेशन
LEADING_MAIN

रुपन्देही समाजको रक्तदान कार्यक्रम

स्थापनाकाल देखिनै विभिन्न परोपकारी एवम् सामाजिक कार्य गर्दै आईरहेको रुपन्देही सामाजिक संजाल-अष्ट्रेलियाले "रक्त दान जीवन दान" भन्ने उक्तिलाई आत्मसाथ गर्दै अष्ट्रेलियन रेडक्रस ब्लड डोनर सेन्टरसँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । १४ जना हरुले रक्तदान गरेको कार्यक्रममा ११ रक्तदाताहरुले होल व्लड र बाँकी ३ ले प्लाज्मा दान गरेको कार्यक्रम संयोजक मुक्तिराम पोखरेलले जानकारी गराए । साथै सो कार्यक्रम रक्तदान गर्ने हरुमा क्रमश: इश्वर पोखरेल,दिवाकर काफ्ले,अर्जुन गैरे,मुक्तिराम पोखरेल,रोशन कोइराला,लक्ष्मि न्यौपाने,रबि के सी, सरोज पान्डे,बिनोद मैनाली,पदम अधिकारी,सिमा थापा,चुन्ना क्षेत्रि,कमल भन्डारी, प्रदिप खनाल सहितका १४ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रम संस्थाका अध्यक्ष ईश्वर पोखरेलको अध्यक्षता,संस्थाका महासचिव दिवाकर काफ्लेको संचालन एवंम कार्यक्रम संयोजक मुक्तिराम पोखरेलको संयोजनमा सम्पन्न भएको थियो।साथै सो कार्यक्रमा संस्थाका संथापक अध्यक्ष राज खनालको र कार्यसमिती सदस्य तुलसा पान्डेको पनि सहभागिता रहेको थियो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्