नेभिगेशन
LEADING_MAIN

कोरोना ल्याबका लागि अन्तर्राष्ट्रिय झापाली समाजको २५ लाख सहयोग

अन्तर्राष्ट्रिय झापाली समाजले भर्चुयल बैठकको आयोजना गर्दै कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न झापामा शुरु गरिएको अभियानमा पुर्ण सहयोग रहेको र यस अभियान अन्तर्गत ल्याव संचालन गर्न प्रतिबद्दता अनुरुप २५ लाखको सहयोग प्रदान गरेको छ । भच्र्युअल बैठकमा झापामा प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्न झापामा शुरु गरिएको अभियानलाई आफ्नो तर्फबाट पुर्ण सहयोग रहेको र यस अभियान अन्तर्गत ल्याव संचालन गर्न केही प्रकृया बाँकी रहे त्यसलाई आफ्नो तर्फबाट पहल गरी पुरा गर्ने प्रतिबद्दता दिएका थिए । प्रदेशमा ल्याब पर्याप्त नरहेको र बढीभन्दा बढी ल्याब सञ्चालनमा ल्याउन खाँचो भएको औल्याउदै मन्त्री कार्कीले भने , ‘यो पवित्र अभियानमा सहयोग पुरयाउने अन्त्राष्ट्रिय झापाली समाज धन्यवादको पात्रका रुपमा रहेको छ । बैठकमा संघीय सांसद एलपी साँवा, राजेन्द्र लिङदेन, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालगायत झापाली राजनीतिज्ञ सहभागी भएका थिए । उनीहरुले कोटिहोममा पिसिआर ल्याब स्थापना भइसकेको र यथासक्य चाँडो सञ्चालनमा ल्याउन सरकार लाग्नुपर्ने धारणा राखेका थिए भने अन्तराष्ट्रिय झापाली समाजले हालसम्म गृह जिल्ला गरेको परोपकारी काम उदाहरणीय रहेको र आउदा दिनमा पनि आफ्नो क्षेत्रबाट केही सहयोग गर्नु परेमा त्यसमा पुर्ण सहयोग रहने प्रतिबद्दता व्यक्त गरे। बैठकमा अभियानका संयोजक महेन्द्रकमार गिरीले समुदाय, सहकारी र सरकारको सहकार्यमा ल्याब सञ्चालनमा आउने लागेको र हालसम्म एक करोड ६८ लाख रुपैयाँ संकलन भइसकेको र रु४७ लाख रुपैयाँ खाद्यान्न, भिटिएम, आरडिटीलगायतमा खर्च भएको जानकारी दिए । यसैबीच, समाजका तर्फबाट पिसिआर ल्याब खरिदका लागि आर्थिक सहयोग संकलनका संयोजक तथा वरिष्ठ उपाध्यक्ष दिपक खनालले साउन १२ गते बिर्तामोडमा एक कार्यक्रमका बीच अभियानलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरिने जानकारी दिए । उनसे यो अभियानको उद्देश्यको बारेमा प्रकाश पार्दै यसलाई सार्थक बनाउन संसारभर रहेका झापाली समाज, सामाजिक व्यक्तित्वहरु लगायत बिभिन्न संघसँस्थाहरुले गरेको सहयोगको प्रशंसा गर्दे यो सहयोग खेर नजाने र यसले झापालीहरुलाई मात्र नभई सम्पुर्ण नेपालीका लागी उपयोगी हुने बताए। देशको पुर्वि नाका भएर दिनहुँं हजारौ नेपालीहरु भित्रिने कारण पनि झापामा कोरोना ल्याब स्थापना हुनु भनेको सबै देश बासीको लागि आवश्यक हो ,समाजका निवर्तमान अध्यक्ष दिनेश पोखरेलले बताए । झापाली समाज अस्ट्रेलियाका अध्यक्ष उमेश पोखरेलले जिल्लामा कोरोना परिक्षण ल्याबको अति आवश्यक देखिएको हुँंदा सबै मिलेर यो साझा अभियानमा जुटेकोे बताए । आफनो देश आफै बनाउँं, प्रवासी नेपालीको श्रम र पुजी स्वदेशमा लगाउँं भन्ने हाम्रो अभियान अन्तर्गत झापाको बिकास र बिस्तारसँंगै यो कोरोनाको महामारीविरुद्ध लड्नका लागि हाम्रो सहयोग र सदभावलाई अगाडि बढाएको उमेश पोखरेलले सुनाए । कार्यक्रम अन्तराष्ट्रिय झापाली समाजका उपाध्यक्ष दिपक ओलीले संचालन गरेका थिए भने महासचिव खेमराज जम्मरकट्टेलले सहजकर्ताको भुमिका निर्वाह गरेका थिए। समाजका अध्यक्ष छत्र सुब्बाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । बैठकमा समाजका उपाध्यक्ष दिपक चुडाल, ओसियानिया सहसंयोजक अजय राजबंशी लगायतले आआफ्ना धराणा ब्यक्त गरेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्