नेभिगेशन
नेपाल समाचार

कोरोना प्रभाव लम्बीदै गर्दा जब किपर र जब सिकर भत्ता घट्ने

अस्ट्रेलियामा कोरोनाको प्रभावले आर्थिक अभाव बढ्न थालेपछि सरकारले घोषणा गरेको आर्थिक सहयोगको प्याकेजलाई सरकारले केहि लम्बाउने संकेत गरेपनि सेप्टेम्बरपछि भने रकम भने घटने जनाएको छ । आगामी सेप्टेम्बर पछि जबकीपर र जबसीकरका रुपमा बेरोजगार जनतालाई प्रदान गर्दै आएको भत्तामा केहि हेरफेर गरिने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका हुन । हाल यो बेराजगार भत्ता बुझिरहेका मानिसहरूको आर्थिक स्थितिलाई मध्यनजर गरेर आगमी दिनमा यसलाई परिमार्जन गर्न लागिएको मङ्गलवार अर्थमन्त्री जस फ्राइडेनबर्गले बताएका हुन। प्रधानमन्त्री र अर्थमन्त्रीद्धारा आयोजित संयुक्त घोषणा कार्यक्रममा आगामी सेप्टेम्बर पछि जबकिपरको पाक्षीक १२ सय डलर कायम हुने र त्यसपछि एक हजारमा झारीने भएको छ । यस्तै २० घन्टा र सो हाराहारीमा काम गर्नेहरुको हकमा जबकिपरको सहयोग ७ सय पचास डलर हुनेछ । यो सहयोग मार्च २०२१ सम्म मात्र लागु हुने छ । प्रधानमन्त्री मरिसनले पार्ट टाइम कामदारहरूलाई उनीहरूको रोजगारदातावाट तलब प्राप्त हुने र त्यसमा सरकारी अनुदान थप हुने गरी तलब पाउने व्यबस्थापन गरिएको बताए । सरकारद्धारा प्रदान गरिने यो बेरोजगार भत्ता व्यवसायहरूले पुनः जबकीपरका लागि आफ्नो योग्यता साबित गर्नुपर्नेछ। जबकीपरका लागि योग्य हुन साना रोजगारदाताहरूले आफ्नो व्यापार ३० प्रतिशतले घटेको देखाउनु पर्नेछ भने ठुला व्यवसायहरूले आफ्नो व्यापारमा कम्तीमा पनि ५० प्रतिशतले ह्रास आएको साबित गर्नुपर्नेछ । यसै गरी, जबसीकर भनिने बेरोजगार भत्तामा हाल जोडिँदै आएको कोरोनाभाइरस पूरक रकम ५५० डलरबाट २५० डलरमा झर्नेछ । यो व्यवस्था भने २०२०को डिसेम्बरसम्म कायम हुने प्रधानमन्त्रीले बताएका छन्। जबसीकरमा रहेकाहरूले पनि सरकारी भत्तामा कुनै फरक नपर्ने गरी पाक्षिक रूपमा ३०० डलरसम्म अतिरिक्त कमाई गर्न सक्ने पनि बताइएको छ । जबसीकर बेरोजगार भत्ताको स्थायी दरका सम्बन्धमा भने आगामी अक्टोबर महिनामा वार्षिक बजेट घोषणा मार्फत थप जानकारी उपलब्ध हुने कुरा सो घोषणामा बताइएको छ । अस्ट्रेलियालीहरूले यी दुवै सहयोगी कार्यक्रमहरू अस्थायी हो भन्ने कुरा बुझेका छन । मासिक रूपमा ११ अर्व डलरको खर्च सदाका लागि राज्यले गर्न सक्दैन,“ प्रधानमन्त्री मोरिसनले बताए । मार्च महिना यता अस्ट्रेलियामा हालसम्म करिब ३५ लाख जनताले जबकीपर भुक्तानीबाट लाभ प्राप्त गरेको सरकारको तथ्यांकले देखाएको छ। यो साच्चीकै राज्यले देखाएको उदारता हो , रोजगारी गुमाएका जनताको लागि पीडाबिच महत्वपुर्ण अािर्थक सहयोग आफैमा ठुलो बिषय हो, लेखा व्यबशायी डिला खरेलले पछिल्लो निर्णयका बारेमा बताए । एनआरएनका पुर्व कोषाध्यक्ष समेत रहेका खरेलले उद्योग धन्दा र नागरिकप्रतीको दायित्व पुरा गर्ने अस्ट्रेलियन सरकारको धन्यवादको पात्रा रहेको बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्