नेभिगेशन
नेपाल समाचार

मंहगो शुल्क तिरेर स्वदेश फर्कन ५ सय अभिभावक नेपाल सरकारको अनुमती कुर्दै

कोरोना र यसको प्रभावमा थलिएका अनि बिदेशमा अलमलिएका नेपालीहरुको स्वदेश फीर्ने इच्छा आंकक्षालाई नेपाल सरकारको ढुलमुले नितीले प्रभावित बनाएको छ । कोभिड १९को प्रभावका कारण बिदेशमा अलपत्र परेका र अलमलमा रहेकाहरुलाई स्वदेश फर्काउने नेपाल सरकारको नितीनै गलत भएको बिदेशमा अलपत्र परेका नेपालीहरुले आरोप लगाएका छन । छोरीको अनुरोधमा दुइ महिनाको लागि अस्ट्रेलिया आएकी मैया ढकाल छ महिनासम्म अस्ट्रेलियाको सीड्नीमै बस्न वाध्य भएकी छिन । पछिल्ला तिनवटा चार्टड बिमानमा स्थान नपाएपछि उनि अर्को उडानको पर्खाइमा दिन गन्दै बसीरहेकी छिन । उच्च रक्तचाप र मधुमेहको रोगले च्याप्दै गएको छ, बिदेशमा भनेजस्तो औषधी पाउन गारो , उपचार गर्न झन मंहगो छ, मैयादेवीले बताइन । नेपाल सरकारको निती अनुरुप नेपाली राजदुतावासले यसअघि दुइ वटा नेपाल एअरलाइन्सको बिमानद्धारा नेपाल जान चाहनेहरुलाई मंहगो चार्टड उडान गरेपनि अझै एक हजार जती नेपालीहरु नेपाल जान पर्खी बसेको एनआरएन अस्ट्रेलियाले जनाएको छ । यसै बिच एनआरएनले राजदुतावास र अन्य संघ संस्थाको समन्वयमा एउटा सेमि चार्टड उडान समेत गरिसकेको छ । नेपाल जान चाहने करिब पाँंच सय नेपालीहरुले टिकटका लागि एनआरएनमा पैसा समेत बुझाइसकेका छन र यसै बेला नेपाल सरकारले उडानको अनुमती नदिदाँं ती ब्यक्तीहरु अस्ट्रेलियामै अलपत्र पर्न थालेका छन । कसैको आमाबाबु बितेका छन भने धेरैजसो अभिभावकहरु बिरामी छन । अझसम्म नेपाल जान करिब पन्ध्र सय मानिशले राजदुतावासमा निवेदन हालेका थिए । त्यसमध्ये दुइ वटा चार्टड बिमानले करिब पाँंच सय नेपालीलाई उद्धार गरेर नेपाल लगेको थियो । पुन एनआरएन अस्ट्रेलियाले केहि सस्तो दरमा नेपाल लाने भनेपछि आठ सय नेपालीले त्यहा पनि आवेदन हालेका थिए जसमध्ये एक सय पचास जना उडिसकेका छन । टिकटको लागि पैसा तिरेरै बसेका पनि अझै तिन सय नेपाली रहेको एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले बताए । हामीले यहा बस्नुभएका तर बिविध समस्याले नेपाल जान चाहनेहरुका लागि केहि सस्तोमा सेमि चार्टड उडान गर्ने सोचका साथ विभिन्न संघ संस्थाको पहलमा अभियान थालेका थियौ, तर एउटा उडानपछि नेपाल सरकारको अनुमती नपाएका कारण अलमलमा परेका छौ, पोखरेलले सुनाए । हरेक दिन समस्यामा परेका सयौ अभिभावकहरुको फोन आउने तर नेपाल सरकारको उच्चस्तरिय कोभिड १९ नियन्त्रण समितीको अनुमती नपाएका कारण उहाँंहरुलाई नेपाल फर्काउन सकेका छैनौ, अनिलले बताए । हुन त अस्ट्रेलियास्थीत नेपाली राजदुतावासले उडान अनुमतीको लागि परराष्ट्रमा पत्राचार गरेको र परराष्ट्रहुदै पर्यटन मन्त्रालय अनि कोभिड नियन्त्रण उच्चस्तरिय समितीसम्म जानकारी पुगिसकेको बताएपनि अनुमती प्राप्त नहुनुले सरकारको निती र थीतीको बारेमा प्रश्न उठाउने ठाउँ भएको छ । नेपालका निजी ट्राभलहरुले अनुमती लिदै उडान भर्नु हुने तर हामी यहा अलपत्र परयौ, समस्या बढ्यो, बिरामी परयौ ,नेपाल फर्कन पाउ भन्दा पनि कान नसुन्ने यो सरकारलाई के भन्ने निकै आक्रोशित हुदै भन्छन सुरेन्द्र बोहरा । छोरीको बिहेमा अस्ट्रेलिया आएका उनि कोरोनाका कराण थुनिए, नेपालमा आफन्त गुमाउनु परेको छ, घरबार छाडेर आएको के भयो थाहा छैन, एकतर्फी भाडाको डेढ लाख रुपैया तिरेर स्वदेश फर्कन्छु भन्दा पनि नपाइने कस्तो राज्य केको सरकार , निकै भावुक देखिएका बोहराले बताए । यता निजी ट्राभललाई विविध प्रलोभनमा अनुमती दिने उच्चस्तरिय समितीले दुतावासको सीफारीस र एनआरएनको सहकार्यमा कोरोनाको पीसीआर रिपोर्ट सहित नेपाल फर्काउन लागेका नेपाली अभिभावकलाई स्वदेश फर्कन अनुमती नदिनु आफैमा रहस्यको बिषय भएको जनसम्पर्क समिती क्यानबेराका अध्यक्ष अशोक सुबेदी बताउछन । बिदेशवाट पहल गरेर आफ्ना नागरिकलाई स्वदेश फर्काउनु पर्ने बेला रोग नलागेको प्रमाणपत्र सहित आफ्नो देश फर्कन्छु, जतिपैसा पनि तिर्छु, भन्दा पनि अनुमती नदिने कस्तो राज्य अचम्म छ, सुबेदीले प्रतिप्रश्न गरे । अस्ट्रेलियामा करिब पाँंच हजार नेपाली अभिभावक विभिन्न राज्यमा छरिएर रहेका छन । छोरा छोरीको निम्ता मान्न आएका कतिपय अभिभावक रोगले थलिएर र पीडाले अल्झीएर बसेको अवस्था छ,यस्तो परिस्थीतीमा एउटा उडान अनुमती दिने काममा पनि राज्यसँंग अल्झीनु पर्ने बिषय निकै दुखलाग्दो हो, एनआरएन अस्ट्रेलियाका महासचिब डा ज्ञानेन्द्र रेग्मीले बताए । नेपाल सरकारले बिदेशमा अलपत्र परेर बसेका नेपालीलाई स्वदेश फर्काउने अभियान अन्तर्गत सम्वन्धित देशका राजदुतावास र उसको समन्वयमा कार्य बिभाजन गरेतापनि अस्ट्रेलियाको सम्वन्धमा भने एनआरएनले टिकट शुल्क लीइसकेको अवस्थामा उडान अनुमती नपाउनुलाई रहस्यका रुपमा लिइएको छ । किनभने नेपालवाट बिमान चार्टड गर्दा कमिसनको ठुलो खेल हुने र ट्राभलवालाको संल्गनता रहने गरेता पनि यस पटक अस्ट्रेलियाको सम्वन्धमा दुतावासका प्रतिनिधि सहित एनआरएनको समन्वय र अन्य समाजिक संघ संस्थाको सहकार्यमा गर्न लागिएको यो उद्धार उडानको अनुमती नपाउनुमा कहि न केहि रहस्य लुकेको देखिन्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्