नेभिगेशन
नेपाल समाचार

सर्वोच्चले पुर्व डीआईजी काेईरालाकाे सजाय घटायो

आफ्नै श्रीमतीकाे हत्या गरेको अभियोगमा अदालतले सुनाएको सर्वश्वसहित जन्मकैदको सजाय काटिरहेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय सर्वोच्च अदालतले घटाइदिएको छ। सर्वोच्चले उनको सजाय घटाएर साढे ८ वर्षमा झारिदिएको हाे । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कोइराला साढे ८ वर्ष मात्रै जेल बस्दा पनि ‘सजाय पूरा हुने’ भन्दै उनको सजाय घटाइदिएको हो। साबिक इचंगुनारायण काठमाडौंका रञ्जनप्रसाद कोइराला सशस्त्र प्रहरीको डीआईजी पदमा कार्यरत रहँदा नै पत्नी गीता ढकाललाई हत्या गरेको ठहर भएको थियो । काठमाडौं जिल्ला अदालतले ७ वैशाख २०७१ मा उनलाई पत्नीको हत्याको अभियोगमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद हुने फैसला गरेको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको फैसलालाई उच्च अदालत पाटनले २३ मंसीर २०७२ मा सदर गरेको थियो । त्यस विरुद्ध कोइराला सर्वोच्च अदालत गएका थिए। उक्त मुद्दाको अन्तिम फैसला गर्दै प्रधानन्यायाधीश राणा र न्यायाधीश केसीले १५ असार २०७७ मा जन्मकैद गर्दा कोइरालालाई ‘चर्को पर्न सक्ने’ भन्दै उनको सजाय घटाइदिएका हुन् । राणा र केसीले कोइराला ८ वर्ष ६ महीना मात्रै जेल बस्दा ‘सजायको मकसद पूरा हुने’ ठहर्‍याएका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्