नेभिगेशन
LEADING_MAIN

काठमाडौ जाने अर्को सेमिचार्टड उडान जुलाइ १४ मा

गैर आवासिय नेपाली संघ (एनआरएन)अस्ट्रेलियाको संयोजन तथा नेपाली राजदूतावास क्यानबेराको पहलमा आगामी १४ जुलाईका लागि नेपाल फर्किन चाहनेहरुका लागि सेमीचार्टड फ्लाईटको व्यवस्था गरिएको छ । अस्ट्रेलियामा फसेका तथा नेपाल जान अत्यन्तै जरुरी परेका नेपालीहरुको हितका लागि गरिएको यो सेमिचार्टड उडानका सिंगापुर एयरलाईन्सको रहनेछ । सीड्नीवाट नियमित उडान मार्फत सिंगापुरसम्म जाने र त्यहाँबाट चार्टड विमानबाट काठमाडौं लाने तयारी गरिएको एनआरएन अस्ट्रेलियाले जनाएको छ । यसरी यस उडान मार्फत नेपाल जान चाहने यात्रुका लागि अष्ट्रेलियाबाट काठमाडौंसम्मको भाडादर ११ सय ५१ अमेरिकी डलर तोकिएको छ जसको अस्ट्रेलियन डलरमा भने यसको १७ सय पचास रहनेछ । कोरोनाका कारण अस्ट्रेलियाली सरकारको मापडन्ड बमोजिम अहिले मेलबर्न, ब्रिसबेन र सिड्नीबाट मात्र सिंगापुर उडान भर्न सकिने हुनाले यी तिनै शहरलाइ केन्द्र बनाएर यस्तो ब्यवस्था गरिएको हो । यसअघि नेपाल एयरलाईन्सले अस्ट्रेलियावाट दुइ वटा चार्टड विमानमार्फत यहा फसेका नेपालीलाई उद्धार गरेको थियो । तर, यस पटकको उडान भने सेमिचार्टड भएकोले सिडनी सिंगापुर उडानपछि यात्रुहरुले केहि घन्टा सिंगापुरमा अर्को बिमानका लागि कुर्नु पर्ने हुन्छ । पारदर्शी रुपमा सहज अनि सुरक्षित तथा सस्तो यात्राका लागि विभिन्न ट्राभल एजेन्सीहरुसँगको सहकार्यमा यो योजनालाई मूर्तरुप दिन लागिएको एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कडेंलले बताए । अष्ट्रेलियामा सञ्चालित एभरेष्ट ट्राभल्स एण्ड टुर्स, काठमाडौं ट्राभल्स, हिमालयन, ट्राभल पार्टनर सिड्नी, दा भिन्ची ट्राभल्स काठमाडौं र सुमेग ट्राभल्सको सहकार्यमा गरिन यो उडान गरिन लागेको हो । नेपाल जान चाहने यात्रुहरुले अनिवार्य रुपमा पहिलेकै चार्टड बिमानझै पीसीआर परिक्षण गराउनुपर्ने छ भने नेपालमा गएर पनि क्वारेन्टाइनमा बस्ने कुरामा सहमती गर्नु पर्ने हुन्छ । अस्ट्रेलियामा रहेका अनि समस्यामा परेका नेपालीहरुलाई देश फर्कन यसअघि राजदुतावासले गरेको आब्हानमा नाम टिपाएका ब्यक्तीहरु पहिलो प्राथमिकताको सुचिमा पर्ने एनआरएन अस्ट्रेलियाका महासचिब ज्ञानेन्द्र रेग्मीले बताए । पारदर्शी रुपमा, सुरक्षित र सस्तो यात्राका लागि ५ वटा ट्राभल एजेन्सीहरुसँगको सहकार्यमा यो योजनालाई मूर्तरुप दिन लागिएको महासचिब रेग्मीले सुनाए । अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले समूदायको भावना र आपत बिपतमा परेकाहरुका लागि नेपाल फर्कन यो पहल गरिएको बताए । यो हामीले एनआरएन र नेपाली समुदायका प्रतिनिधीहरुको सहभािगतामा एउटा समिती बनाएर यसका लागि पहलकदमी गरेका थियौ । यस उडानको लागि रनेपाली राजदुतावासले नेपाल सरकारलाई अनुमतीका लागि पत्राचार गरिसकेको छ । उडानको लागि तलको लींक गएर बुकीङ गर्न सकिनेछ । https://docs.google.com/forms/d/10ghRnQ9BSTg_W9dxXzc5YQ_sRPEb7qBqjsti2GFG3V4/viewform?edit_requested=true
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्