नेभिगेशन
नेपाल समाचार

किंगस्टनले ल्यायो नया उपलब्धीमुलक कोर्ष "एप्लाइड ब्लकचेन"

सीड्नीको चर्चित पर्यटकीय स्थल बोन्डाइ जंक्सनमा रहेको किंगस्टन इन्सिच्युट अस्ट्रेलियाले बिध्यार्थीहरुको हितलाई ध्यानमा राखेर नया उपलब्धीमुलक आधुनिक प्राविधिक कोर्ष भित्राएको छ । आइटीको नया युगमा आधुनिक प्रविधि र संभावनाको बिषयलाई महत्वका साथ राख्दै कलेजले यसै सत्रदेखि एप्लाइड ब्लकचेनमा डिप्लोमा र एडभान्स डिप्लोमा कोर्ष कलेजमा सामेल गरेको कलेजका प्रीन्सीपल दिपक खनालले बताए । अस्ट्रेलियाको प्रतिस्पर्धात्मक बजारमा ब्यवशायीक दक्षताको महत्वपुर्ण भुमिका हुने गर्दछ । नया बिषय र आधुनिक प्रविधिमा अहिले डिमान्ड समेत देखिएकोले यो बिषय कलेजमा भित्राइएको कुरा खनालले सुनाए । कोरोना कोभिड १९ प्रभावका कारण केहि सत्रका लागि पचास प्रतिशतसम्म शैक्षिक शुल्क मिनाहा गर्ने निर्णय गरेको किंगस्टन इन्सिच्युटले यस पटक भने एक बर्षे डिप्लोमा र डेढ बर्षको एडभान्स डिप्लोमा रहेको एप्लाइड ब्लकचेन कोर्ष सामेल गरेको कलेजका संकाय प्रमुख डा. रवि पौडेलले बताए । यो बिषय आधुनिक आइटी बजारमा निकै संभावना बोकेको एप्लाइड ब्लकचेन कोर्षलाई कलेजमा सामेल गर्ने प्रयास सफल भएको पौडेलले बताए । यो अहिले अस्ट्रेलियाभरनै औलामा मात्र गन्न सकिने स्थानहरुमा मात्र पढाइने कोर्ष हो । यसमा ब्याचलर संकायको प्रारुप समेत तयार नभइसकेको अवस्थामा यस्तो पढाइले नै राम्रो अवसर प्राप्त हुने कुरा डा.पौडेलले सुनाए । किंगस्टन इन्सिच्युट संभवत अस्ट्रेलियामै छैठौ एप्लाइड ब्लकचेन पढाउने कलेज हो र यसले नया संभावनाहरुको ढोका खोेलेको पौडेलको ठहर छ । यसमा नेपाल र अस्ट्रेलिया दुबैस्थानवाट पढाइको लागि आवेदन दिन सकिने छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्