नेभिगेशन
अस्ट्रेलिया समाचार

पर्थका सुवासको सहयोगी मन

घोराहीका केहि युवा खेलाडीहरुले कोरोनाको त्रासमा रहेका अति विपन्न तथा काम गरेर खान सक्ने अबस्थामा नरहेका एक सय घर परिवारलाई खाद्यान्न सहितको राहत वितरण गरेका छन् । घोराही उपमहानगरपालिकाको सिफारीस र वडा कार्यालयको समन्वयमा खेलाडीहरु नरेन्द्र पुन, दिपक पुन, बसन्त पुरी र सुमन अधिकारीले एक सय घर परिवारलाई विभिन्न ११ प्रकारका राहत सामाग्रीहरु बितरण गरेका हुन् । नगरका ४, ५ र ११ नम्बर वडा बाहेक अन्य १६ वटा वडाहरुमा पुगेर राहत बितरण गरिएको नरेन्द्र पुनले जानकारी दिए । प्रतिघर २५ किलो चामल, ५ किलो दाल, ५ किलो पिठो, २ लिटर खाने तेल, २ किलो नुन, एक पोका भुजा, ४ वटा कपडा धुने साबुन, ५ वटा नुहाउने सावुन, २ वटा भाँडा माझ्ने साबुन, एउटा मन्जन र २ वटा ब्रसका दरले राहत वितरण गरिएको उनले जानकारी दिए । घोराही १८ नवलपुर घरभई हाल अष्ट्रेलीयाको पर्थमा बस्दै आउनुभएका सुबास श्रेष्ठले नगरका विपन्न परिवारलाई राहत वितरण गर्न भनि पठाएको रकमबाट ती खाद्य बस्तुहरु खरिद गरेर वितरण गरिएको पुनले बताए । अति विपन्न परिवार, एकल व्यक्ति, जेष्ठ नागरिक, सिकलसेल, क्यान्सर, मृगौला पिडित व्यक्तिहरुलाई समेत राहत वितरण गरिएको छ । कोरोनाको त्रासमा काम गरेर खान नसक्ने अबस्थामा रहेका एक सय घर परिवारले राहत पाए पछि खुसी भएका छन् । युवाहरुले जनप्रतिनिधीहरुलाई साथमै लिएर विपन्नहरुको घरमा पुगेका थिए । अस्ट्रेलियाको पर्थमा बसेर आफ्नो व्यवशाय गर्दै आएका सुवास श्रेष्ठ एनआरएन खेलुकद बिभागका सल्लाहकार समेत हुन । मेरो सानो सहयोगले मेरो जन्मथलोका केहि बिपन्न बर्गको ओठमा खुसी देख्न पाइन्छ भने त्यो किन नगर्ने, सुवासले बताए । उनले आफ्नै खर्चमा युवाहरुको लागि दाङमा फुटबल मैदान समेत निमार्ण गरिरहेका छन । जन्मेको ठाउँं र हुर्केको गाउँंको माया कसलाई हुन्न र , यो त सानो सहयोग मात्र हो, उनले सुनाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अस्ट्रेलिया समाचार
सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

सीडनीको टाउनहलमा खुल्यो माया लाउन्ज

अस्ट्रेलियाको पर्यटकीय नगरी सीड्नीमा नेपाली समाज बढदैगर्दा यहाँको सबैखाले व्यबशायमा नेपालीहरुको सहभागिता महत्वपुर्ण बन्दै गएको छ ।