नेभिगेशन
नेपाल समाचार

सीड्नीमा नेपाली चेलीले लुटेरा लखेटिन

सीड्नी शहरको नेपालीहरुको बाक्लो बस्ती रहेको क्षेत्र अर्वनमा सोमबार साँंझ एक नेपाली चेलीले पसल लुटन आएको लुटेरालाई लखेटेको समाचारले यतिखेर सीडनीभर चर्चा पाएको छ । नेपाली चेली पबित्रा कार्की साँंझ सात बजे तिर अर्वनस्थीत काटमान्डु मिक्स बिजेनस नामक पसलमा बसीरहँंदा एक्कासी मुख छोपेर आएका एक लुटेराले पसलको क्यास काउन्टर अगाडि आएर पैसा मागेपछि अक्क न बक्क परेकी थिइन । उनले ग्राहक होला भनेर सोचेकी सो लुटेराले काउन्टरमा आएर पैसा माग्न थालेपछि उनको मनमा शंका उत्पन्न भएको थियो । त्यसपछि सो लुटेरा सिधै पबित्रा बसेको स्थामा आएर पैसाको काउन्टरमा हात हाल्न लाग्यो । त्यसपछि उनले लुटेराको हात समातीन,त्यत्तीकैमा हातहालाहाल हुँंदा पबित्राले आफु छेउमा रहेका सानो तरकारी काट्ने चक्कु देखिन र सोही समातेर जाइ लागिन । लुटेरा केहि हच्क्यो र उनी चक्कु लिएर लखेटन थालिन । त्यसपछि लुटेरा वाटो काटेर कुलेलाम ठोक्यो । अहिले सम्झदा डर लागिरहेको छ , खोइ कसरी आट आयो थाहै भएन, हसीलो मुहारमा पबित्राले बताइन । पसलमा तरकारी र बक्सा काट्न प्रयोग गर्ने गरेको चक्कु काउन्टर छेउमै रहेछ, लुटेराले पैसामा हात हाल्न लागेपछि मलाइ खोइ कतावाट बल आयो र चक्कु लिएर जाइलागे, उनले भनिन । पबित्रा भन्छिन,मलाई त त्यती बेला बिदेशमा छु भन्ने जस्ता पनि लागेन, नेपालीमा त पैसा चोर पख तलाइ भन्दै लखेटेछु । अहिले संझदा पनि हास उठेर आउँंछ । पसल बन्द गर्न म बहिनी कुरेर बसेको थिए,यत्तीकैमा त्यो घट्ना घटयो, पबित्राले भनिन । सोमबारको घट्नापछि स्थानिय प्रहरी आएर उनको रिपोर्ट तथा सीसीटीभी फुटेज लगिसकेको छ भने स्थानिय अस्ट्रेलियन टीभी च्यानलले समेत पबित्राको बहादुरीको गाथा प्रशारण गरिसेकका छन । चाइल्ड केयर अध्यन गरीरहेकी पवित्राको यो बहादुरी साच्चीकै उदाहरणिय रहेको अर्वन नेपाली समाजका राजु गिरीले बताए । यति सानी केटिले एउटा लुटेरालाई सानो हतियार देखाएर भगाउनु आफैमा हिम्मत र बहादुरीपुर्ण कार्य हो , गिरीले बताए । तिन बर्ष अघि अस्ट्रेलीया आइपुगेकी पबित्रा दीदीसँंग अर्वनमा बसोबास गर्दै आएकी छिन । अर्वनमा रहेको क्याटमान्डु मिक्स बिजनेस नामक सो स्टोरमा सोमबार घटना घटेपछि पबित्रालाई सुरक्षाको चिन्ताले भने अलीअलि सताएको छ । आज कता कता अलि अलि डर भने लागिरहेछ, फेरी आउने हो की भन्ने, पबित्राले भनिन । तर उनि मंगलबार धेरै बेर पसलमा बसीनन । प्रहरीले पनि केहि दिन पसलमा एक्लै नबस्न सुझाब दिएको उनले बताइन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्