नेभिगेशन
LEADING_MAIN

राजदुत दाहालले बुझाए भिडियो कन्फ्रेन्सवाटै ओहदाको प्रमाणपत्र

कोरोनाको प्रभावले बिश्वनै अक्रान्त भैरहेको अहिलेको परिस्थीतीमा कुटनितीक क्षेत्रमा पनि यसको असर देखिएको छ । लक डाउन र उडानका प्रतिकुलताका कराण अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले ओहोदाको प्रमाणपत्रपनि भिडियो कन्फ्रेसमार्फत बुझाएका छन् । राजधानी क्यानबेरास्थित आफ्नै कार्यालयमा बसेर राजदुत दाहालले दुतावासको कर्मचारीको उपस्थीतीमा भिडियो कन्फ्रेन्सिंगमार्फत न्यूजिल्याण्डको लागि आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । नेपाल सरकारले न्यूजिल्याण्डलाई समेत हेर्ने जिम्मेवारी अस्ट्रेलियाको राजदुतावासलाइ दिएको छ । दाहाल न्यूजिल्याण्डका लागि गैरआवासीय नेपाली दूत हुन । मार्च महिनामा तय भएको ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम कोरोना संक्रमणका कारण सर्दै गएपछि मंगलबार जुनको अन्तमा उनले ओहदाको प्रमाणपत्र न्यूजिल्याण्डकि गभर्नर जनरल पास्टी समक्ष बुझाएका हुन । न्यूजिल्याण्ड सरकारवाट भिडियो कन्फ्रेन्समार्फत बुझाउन सकिने जानकारी आएपछि मंगलबार यो व्यवस्था गरिएको राजदुत दाहालले जानकारी दिए । राजदूत दाहालले कुटनीतिक क्षेत्रमा पनि कोरोनको प्रभाव परेका कारण संभवत पहिलो पटक यस्तो हुन गएको बताए । ओहोदाको प्रमाणपत्र बुझाउने कार्यक्रम निकै भब्य र सभ्य हुने गरेता पनि यस पटक अनलाइन मार्फत ओहदाको प्रमाणपत्र बुझाइएको दाहालले बताए । कुटनीतिक सम्बन्धमा ओहदाको पमाणपत्र महत्वपूर्ण कार्यक्रम र सम्वन्ध सेतुका रुपमा रहने भएपनि कोरोना संक्रमणका कारण देशहरु लकडाउनमा भएकाले यस्तो अवस्था आएको ेराजदुत दाहालले बताए । स्थीतीमा सुधार आएपछि आफु भेटघाट र कुटनितीक सम्वन्धका लागि त्यसतर्फ जाने सोच रहेको राजदुत दाहालले सुनाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्