नेभिगेशन
LEADING_MAIN

जुलाइदेखि अस्ट्रेलिया न्युजिल्यान्ड हवाइसेवा प्रारम्भ हुने

कोरोना भाइरसको कहरले संसारनै यतिखेर ठप्पको स्थीतीमा रहेको छ । रोगको संक्रमण फैलीने डरले धेरै देशहरूले आफ्नो सीमा र आवत जावत बन्द गरेका छन्। कतिपय मुलुकमा त कफ्र्यु समेत कायम गरिएको छ । तर बिस्तारै जनजिवनलाई सामान्य बनाउदै आएको अस्ट्रेलियाले भने जुलाई देखि न्युजिल्याण्डको भ्रमण खुला गर्ने निर्णय गरेको छ । अनि त्यसै गरी, न्युजिल्याण्डवासीलाई पनि अस्ट्रेलिया आगमनमा खुला गरिने छ । दुवै देशले कोरोनाभाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न निकै सफलता पाएका छन्, र दुई देशबिच यात्राको बाटो खुल्नाले आर्थिक गतिविधि बढ्न आशा गरिएको छ । यस निर्णयले दुइ महिनादेखि ठप्प रहेको पर्यटन क्षेत्रले केही भए पनि टेवा पाउने विश्वास लिइएको छ । जुलाई एकदेखि अस्ट्रेलियाको राजधानी क्यानबेराबाट न्युजिल्याण्डको राजधानी वेलिङ्गटनका बिच हवाई सेवा प्रारम्भ हुनेछ। हालका लागि सीमित विमान सेवा सन्चालनमा ल्याउने र कोरोनाभाइरसको संक्रमणलाई बिस्तारै कम गर्दै जाने निती रहेको दुइ देशले जनाएको छ। विमान सेवाहरू देशका अन्य भागहरूमा पनि सारिने अधिकारीहरूले बताएका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्