नेभिगेशन
LEADING_MAIN

एन्जाको सल्लाहकारमा थापा,पौडेल र धिताल

पब्लीक अफीसरमा राम खत्री र प्रवक्तामा सरल गुरुङ अष्ट्रेलियाका नेपाली पत्रकारहरुको संगठन अस्ट्रेलियन नेप्लीज जर्नलीष्ट एशोसिएसनले आफ्नो कार्यसमितीलाई पुर्णता दिने क्रममा एक कानुनी सल्लाहकार सहित तीन सल्लाहकार, पब्लीक अफीसर र प्रवक्ता नियुक्त गरेको छ । अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन एन्जाको आइतबार बसेको बैठकले अग्रज कानुन व्यवसायी सम्शेरसिंह थापालाई कानुनी सल्लाहकारमा र पत्रकारितामा लामो समय योगदान गरेका दुइ पत्रकार डाक्टर भरतराज पौडेल, मनऋषी धिताललाई सल्लाहकारमा नियुक्त गरेको हो । एन्जा कार्यसमितिको दा्स्रो बैठकले तीनै जना सल्लाहकारलाई सर्वसम्मतिले नियुक्त गरेको एन्जाका अध्यक्ष हेमन्त काफ्लेले जानकारी दिनुभयो । त्यस्तै एन्जाले पब्लिक अफिसरमा साउथ एसियन डट कमका सम्पादक राम खत्री र प्रवक्तामा नेपाल ट्युबका सम्पादक सरल गुरुङलाई नियुक्त गरेको छ । गुरुङ एन्जाका सचिव समेत हुन् । आफ्नो पेशामा अग्लो कद बनाउनुभएका सल्लाहकारहरुबाट संस्थालाई अगाडी बढाउन सकारात्मक मार्गदर्शन मिल्नेछ भन्नेमा एन्जा विश्वस्त रहेको अध्यक्ष काफ्लेले बताउनुभयो । अष्ट्रेलियामा रहेर नेपाली समुदायका लागि पत्रकारिता गरिरहेका नेपालीमूलका पत्रकारहरुको हकहितका लागि गत वर्ष एन्जा गठन भएको हो । गत अप्रिलमा एडिलेडमा भएको पहिलो साधारण सभाले हेमन्त काफ्लेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको थियो । एन्जाले अष्ट्रेलियामा कार्यरत नेपालीमूलका पत्रकारहरुको क्षमता अभिवृद्धी गर्न विभिन्न पेशागत तालिमको समेत व्यवस्था गर्दै आएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्