नेभिगेशन
व्यक्ति/व्यक्तित्व

कोरोना कहरमा विध्यार्थीलाई हेरम :श्रेष्ठ

अस्ट्रेलियन सरकारको कोरोना प्रभावित अन्तर्रास्ट्रिय विद्यार्थीहरुलाई सहयोग प्रदान गर्ने स्पष्ट निती नभएपनि बिभिन्न निजी कलेज तथा समाजीक अभियन्ताहरुले बिध्यार्थीका हितमा अनेकन प्याकेज र सहयोग अगाडि सारेका छन । पछिल्लो पटक अस्ट्रेलियामा संस्थागत रुपमा एनआरएन अस्ट्रेलिया, एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेज , क्राउन र किगंस्टन कलेजहरुले केहि हदसम्म बिध्यार्थीहरुलाई राहत प्रदान गरेको देखियो । ब्यक्तीगत रुपमा भने अस्ट्रेलियन समाजमा रहेका समाजिक अभियन्ताहरुले आआफ्नो स्थानवाट सहयोग र सदभाव बाडेको पाइयो । यसै सन्दर्भमा वेस्र्टन अस्ट्रेलियाको राजधानी पर्थमा रहेर खेलुकद तथा समाजिक कार्यमा सहयोग बढाउदै आएका सुवास श्रेष्ठले गरेको सहयोग केहि फरक र अलग रहेको छ । करिब दश हजार नेपाली रहेको वेस्र्टन अस्ट्रेलियाको राजधानी पर्थ अहिले नेपाली विध्यार्थीको लागि पनि महत्वपुर्ण केन्द्रका रुपमा मानिन्छ । त्यहा उच्च् अध्यन गर्न आएका नेपाली विध्यार्थीहरुका लागि काम र दामनै शैक्षिक अध्याय पुरा गर्ने महत्वपुर्ण वाटो हो । त्यसमाथि पनि कोभिड १९को माहामारीले उद्योगधन्दा बन्द भएको बेला काम सबैभन्दा महत्वपुर्ण बन्दै आएको छ । सामािजक अभियन्ता सुवास श्रेष्ठले पर्थमा क्लीनीङ कम्पनी चलाउदै आएका छन र उनको कम्पनीमा करिब तिन सय नेपाली काम गर्छन । पछिल्लो कोभिड १९को कहरमा श्रेष्ठले आफ्नो कम्पनीमा कार्यरत कुनैपनि विध्यार्थीलाई कामवाट पर सारेनन । बरु स्थायी भिषा भएका कामदारहरुलाई काम रोकेर उनले नेपाली विध्यार्थीलाई काम गराइरहे । निकै कठिन परिस्थीती थियो र नेपाली भाइ बहिनीहरुको अवस्थामा पनि त्यस्तै । सुवास भन्छन, जसोतसो गरेर , सबैलाई यस समस्यासँंग लडनसक्ने गरी काम मिलाइयो र उनिहरु प्रशन्न पनि छन । उच्च अध्यन र सपना बुनेर बिदेश आएका नेपाली विध्यार्थीहरुको दुखसुखलाई आफ्नै ठान्ने सुवास भन्छन, हामीपनि पहिले विध्यार्थी भएर अस्ट्रेलिया आएका हुँंदा त्यो पीडा बोध हुन्छ । कोरोनाको कहर समाप्त भैनसकेपनि केहि खुकुलो हुन थालेपछि ब्याक टु नर्मल हुने कुरामा सुवास ढुक्क छन । मंहगो फीस र बसाइमा कामै पाएनन निकै कठिन हुनसक्छ,त्यसैले पनि हामी जाँंहा जांहा छौ, जसरी जसरी हुन्छ सक्नेले विध्यार्थीहरुलाई सहयोग गरौ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्