नेभिगेशन
LEADING_MAIN

भारतिय हस्तक्षेपको विरोधमा एनआरएनएले थाल्यो हस्ताक्षर अभियान

गैर आवासीय नेपाली संघ समन्वय अन्तराष्ट्रीय परिषद(एनआरएन) ले छिमेकी देश भारतले नेपालको सिमा मिचेर सडक बनाएकोे विरोध स्वरुप संसारभर छरिएर रहेका नेपालीहरुको हस्ताक्षर संकलन गरेर सम्वन्धित देशका भारतिय राजदुतावास तथा केन्द्रिय स्तरमा समेत ज्ञापनपत्र बुझाउने अभियानको थालनी गरेको छ । मित्र राष्ट्र भारतले आफ्नो मातृभूमि नेपाल को सिमा मिचेको बिषय गम्भीर रहेको र यसवाट संसारभर छरिएर रहेका प्रवासी नेपालीहरु चिन्तीत समेत रहेको सन्दर्भमा अन्तराष्ट्रियस्तरमा दबाब श्रृजना गर्न यो अभियानको थालनी गरेको केन्द्रिय अध्यक्ष कुमार पन्तले बताए । संघले शुक्रबार देखि प्रारम्भ गरेको विरोध हस्ताक्षर अभियान मे महिनाको ३१ सम्म सम्वन्धित देशका समन्वय परिषदले जारी राख्ने र जुन एक तारिख सम्वन्धित देशमा अवस्थीत भारतिय राजदुतावासमा बुझाउने निर्देशन दिएको छ । यस्तै आगामी जुन ५ तारिकमा संकलित सवै अनलाइन हस्ताक्षर सहति अन्तर्रास्ट्रिय समन्वय परिषदले काठमाडौमा केन्द्रिय नेतृत्वमा नेपाल स्थित भारतीय दुतावास, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय लाइ ध्यानाकर्षण पत्र पेश गर्नेछ कार्यक्रम रहेको छ । अनलाइन सिग्नेचर अभियान को लिंक :- https://www.change.org/p/nepal-claiming-the-land-of-kailash-mansarovar-passes-through-lipulekh-a-territory-of-nepal?signed=true अनलाइन हस्ताक्षर अभियानको प्राविधिक संयोजन गर्ने जिम्मेवारी संघले एनआरएन अस्ट्रेलियाका पुर्व कोषाध्यक्ष डिला खरेल लाइ दिएको छ । खरेलले अनलाइन हस्ताक्षर अभियान प्रारम्भ भैसकेको र पहिलो दिननै करिब एक हजार जनाले विरोध स्वरुप अनलाइन हस्ताक्षर गरिसकेको जानकारी दिए । यो अभियान स्पस्ट रुपमा मातृभूमि प्रतिको जिम्मेवारीवोध र संसारभर छरिएर रहेका गैरआवासीय नेपालीको भावना को प्रकट भएको खरेलले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्