नेभिगेशन
LEADING_MAIN

किंगस्टनले ल्यायो शैक्षिक शुल्कमा पचास प्रतिशत राहत योजना

अस्ट्रेलियन सरकारको कोरोना प्रभावित अन्तर्रास्ट्रिय विद्यार्थीहरुलाई सहुलियत प्रदान गर्ने स्पष्ट निती नभएपनि बिभिन्न बिश्वबिद्यालय र निजी कलेजहरुले बिध्यार्थीका हितमा राहतका अनेकन प्याकेज अगाडि सारेका छन । सीड्नीको चर्चित पर्यटकीय स्थल बोन्डाइ जंक्सनमा रहेको किंगस्टन इन्सिच्युट अस्ट्रेलियाले आफ्ना बिध्यार्थीहरुलाई कोरोना कोभिड १९ प्रभावका कारण मे इन्टेकका लागि पचास प्रतिशत शैक्षिक शुल्क मिनाहा गर्ने निर्णय गरेको छ । कलेजका प्रीन्सीपल दिपक खनालका अनुसार बिश्वब्यापी कोरोनाको प्रभावले अस्ट्रेलिया पनि अछुतो रहन नसकेको र यसका कारण रोजगार गुमाएका अन्तराष्ट्र्रिय बिध्यार्थीहरुको समस्यालाई मध्यनजर गरेर कलेजले यो योजना ल्याएको हो । कमाइ गर्दै पढाइ चलाउदै आएका कयैन बिध्यार्थीहरु साच्चीकै पीडामा परेको हामीले पायौ र किंगस्टन इन्सिच्युटले उनिहरुलाई यो प्रभावमा राहत होस भनेर यस शैक्षिक सत्रमा पचास प्रतिशतले छुट दिने निर्णय गरेको हो । कलेजका प्राध्यापक डा.रवि पौडेल मे इन्टेकका लागि भर्ना हुन चाहने नया बिध्यार्थीहरुले पनि सो कलेजको बिशेष छुट प्राप्त गर्न सक्ने बताए । पौडेल भन्छन, कलेजले बिध्यार्थीको सहुलियत स्वरुप आर्थिक रुपमा कठिनाइ भोगेका बिध्यार्थीहरुलाई किस्तामा आफ्नो शैक्षिक शुल्क बुझाउन पाउने प्रावधान पनि ल्याएको छ । कोरोनाको प्रभावले उद्योगधन्दा बन्द हुँंदा अस्ट्रेलियामा करिब चालिस प्रतिशत बिध्यार्थीले प्रत्यक्ष रोजगारी गुमाएको अवस्थामा निजी शैक्षिक संस्थाहरुले यसरी सहुलियत प्रदान गर्नु महत्वपुर्ण बिषय रहेको कलेजमा अध्यनरत एक बिध्यार्थीले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्