नेभिगेशन
LEADING_MAIN

अस्ट्रेलियाको जनजिवन बिस्तारै सामान्य बन्दै

अस्ट्रेलियन सरकारले कोरोनाको मारमा परेको मुलुकलाई बिस्तारै सामान्य बनाउने र बिग्रदो अर्थतन्त्रलाई सामान्य बनाउन केहि सामाजिक बन्देज हटाउनुका साथै बिस्तारै आवश्यकता हेरी ब्यापारलाई खुला गर्ने निती अगाडि सारेको छ । शुक्रबार क्यानबेरामा मन्त्रिपरिषदको बैठकपछि प्रधानमन्त्री स्कट मोरिसनले आगामी दुइ महिना भित्र कोरोनालाई कम गर्दै जाने र तिन चरणमा गरेर जनजिवन सामान्य बनाउने मार्गचित्र प्रस्तुत गरेको हो । सरकारको मार्गचित्र बमोजिम पहिलो चरणमा घर बाहिर हुने १० जनासम्मको सामाजिक भेलाहरू माथि लागेको प्रतिबन्ध हटाइने उल्लेख गरिएको छ । यस्तै मानिसहरूले पाँच जनासम्म साथीभाइ घरमा बोलाउन सक्ने, घर बाहिर १० जनासम्मले भेला हुन पाउने, पुस्तकालय, सामुदायिक केन्द्र, खेल मैदान, पौडी पोखरी, ब्यापारिक केन्द्र अनि क्याफे तथा रेस्टुरेन्टहरू पुनः सन्चालनमा ल्याइने छ । त्यसै गरी स्थानीय र क्षेत्रीय रूपमा बन्देज लगाइएको आन्तरिक आवागमनलाई पहिलो चरणको फुकुवा गरिने कुरा प्रधानमन्त्रीले जनाएका छन । दोस्रो चरणको प्रतिबन्ध फुकुवामा भने बिस जनासम्म मानिशहरु घर बाहिर जम्मा हुन सकिने र जिम, ब्यूटी पार्लर, सिनेमा घर, र सङ्ग्रहालयहरू सहित र केही अन्तर राज्य यात्रालाई पनि दोस्रो चरणको फुकुवाको प्रकृयामा राखिने प्रधानमन्त्री स्कट मोरिसनले जनाएका छन । तेस्रो चरणमा भने १०० जनासम्मको भेलालाई अनुमति दिइने बताइएको छ र जस अन्तर्गत फुड कोर्ट, नाइट क्लब, पब, र जिम तथा सौनाहरू जस्ता ठाउँहरूको पुनः खुल्नेछन्। योसँगै तेस्रो चरण अन्तर्गत सबै अन्तर्रा्ष्ट्रिय यात्राको सुरुआत र अस्ट्रेलिया एवं न्युजील्याण्ड बिच हुने भ्रमणहरू, र अन्तर्रा्ष्ट्रिय विद्यार्थीको आगमन जस्ता बिषयमा विचार गरिने घोषणामा जनाइएको छ । यो वर्षको जुलाई महिनासम्ममा यी तीन चरणहरू पार गरेर कोभिडलाई निर्मुल पारेर सुरक्षित अर्थतन्त्र प्राप्त गर्नु सरकारको लक्ष रहेको प्रधानमन्त्रीले बताएका छन । यी योजनाहरूको समीक्षा राष्ट्रिय मन्त्रिपरिषद्ले तीन हप्ताको अन्तरालमा गर्ने छ । यी तिन वटै चरणमा अस्ट्रेलियालीहरूले भौतिक दुरी सम्बन्धी नियमहरूको पालना गर्दै, हात राम्ररी धुने र सन्चो नभएको खण्डमा घरमै आराम गरेर बस्नु पर्ने सरकारको कार्यतालिकामा उल्ल्ेख गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्