नेभिगेशन
LEADING_MAIN

मुनलाइटको सहयोग एनआरएनलाई

अस्ट्रेलियामा उच्च अध्यनका लागि आएका बिध्यार्थी र उनिहरुको बढदो समस्यालाई मध्यनजर गरेर कोरोनाको मारमा परेकाहरुको लागि सहयोगी हातहरु बिस्तारै बढदै गएका छन । पछिल्लो पटक भिक्टोरिया सरकारले कोरोना प्रभावित अन्तराष्ट्रिय बिध्यार्थीलाई ११ सय डलरसम्म राहत दिने घोषणाअघि तास्मानियाले दुइ सय डलर र परिबार भएकाहरुलाई एक हजार डलरसम्मको सहयोगको घोषणा गरेको थियो । न्यु साउथवेल्स राज्य सरकारले अन्तराष्ट्रिय बिध्यार्थीका हितका खातिर कुनै योजना सार्वजनिक गर्न नसकेपनि स्थानिय बिश्वबिद्यालय तथा कलेजहरुले भने कोभिड १९ प्रभावितका लागि केहि न केहि राहतका संकेत देखाएका छन । यस्तै सहयोगको सवालमा नेपाली समुदायहरुपनि एक कदम अगाडि बढेर अगाडि देखापरेको छ । जसमा बिभिन्न संघ संस्था तथा निजी ब्यबशायहरुले बिध्यार्थीको हितमा कार्य अगाडि बढाएका छन । एक्सपर्ट एजुकेशन, एका, क्राउन उच्च शिक्षा लगायतले बिध्यार्थीका हितमा राम्रै सहयोगको घोषणा समेत गरेका छन । यसै सन्दर्भमा निजी क्षेत्रका मझौला तथा साना ब्यवशायीहरु पनि आफुले सक्ने सहयोगको पोको लिएर अगाडि देखापरेका छन । शुक्रबार मुन लाइटस ग्रुप्स नामक ग्रोसरी पसलले ग्रानभिलमा एनआरएन मार्फत बिध्यार्थीलाई राहत बाड्न चामल, दाल, तेल,नुन र आलु भुजिया सहयोग गरेको छ । मुन लाइट्स ग्रुपका ग्रोसरी अर्टामन र ग्रानभिलमा रहेका छन । यसका प्रोपाइटरहरु भेषराज भट्टराइ , तोयराज भट्टराइ र प्रकाश भट्टराइले दुइ सय किलो चामल, एक सय किलो दाल, एक सय लिटर खाने तेल, एक सय किलो नुन र एक सय प्याकेट आलु भुजिया एनआरएनलाई प्रदान गरेको छ । हामीले जे सक्यौ त्यही दिएर सहयोग गर्ने निर्णय गरयौ, सबैले आआफ्नो गच्छे अनुरुप सहयोग गर्ने हो भने अहिलेको यो समस्या टर्न सक्छ भन्ने हाम्रो बुझाइ हो । त्यसपछि सबै गरेर खान सक्ने भइन्छ, मुनलाइट्सका प्रोपाइटर प्रकाश भट्टराइले बताए । उनिहरुले सो सामाग्री एनआरएनका कोषाध्यक्ष अनिल पोखरेल र प्रबक्ता नन्द गुरुङ तथा एनएसडब्लुका सह सचिब तिर्थराज कार्कीलाई हस्तानतरण गरे । एनआरएनका प्रवक्ता नन्द गुरुङले सो सामाग्री भोलीदेखिनै समस्यामा परेका बिध्यार्थीहरुलाई राहतस्वरुप बाडिने जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्