नेभिगेशन
नेपाल समाचार

"सुरक्षीत रहनुस, समस्यामा परे राजदुतावासमा फोन गुर्नस "

अस्ट्रेलियास्थीत नेपाली राजदुतावासले बुधबार प्रेश बिज्ञप्ती जारी गर्दै नेपाल एअरलाइन्सको सीड्नी आउदै गरेको चार्टर बिमानवाट नेपाल फर्काउन प्रयास जारी रहेपनि कठिन हुने भन्दै घुमाउरो भाकामा धैर्यधारण गरेर सुरक्षीत बस्न आग्रह गरेको छ । कोरोनाको कहरले संसारलाई कठिन बनाइरहेको अवस्थामा नेपाल सरकारले यस रोगवाट बच्न अनेकौ प्रयास गरिरहेको सन्दर्भमा आवश्यक पुर्वाधार,कमजोर स्वास्थ संरचना र आर्थिक कठिनाइका कारण पनि यो संभव नुहुने तर्क पेश गरेको छ । यसअघि ब्रिसबेन आएको नेपाल एअरलाइन्सको जाहाजमा आपत बिपतमा परेका नेपाली फर्काउन राजदुतावसले नेपाल सरकारसँंग आग्रह गरेतापनि आग्रह अस्वीकार गरेपछि बिमान खाली फर्केको थियो । राजदुतावसालाई दिनहुँं सयौ आग्रह र अनुरोध आएका छन, हामीले त्यसलाई गम्भीरता पुर्वक लिदै परराष्ट्र मन्त्रालयमा पत्राचार गरेको र यस संवेदनशिल घडीमा नेपाल सरकारले दिएको आदेश पालना गर्नु पनि हाम्रो कर्तब्य भएकोले त्यो सम्भव नभएको दुतावासद्धारा जारी बिज्ञप्तीमा जनाइएको छ । राजदुतावासले घुमाउरो भाषामा बिमान खाली फर्कने संकेत गर्दै भनेको छ, जाहाँं रहनुभएको छ, सुरक्षीत रहनुहोला र खाना बस्नकै समस्या परे राजदुतावासमा सम्पर्क गर्नुहोला । हामीले आजैपनि परारष्ट्रलाई यहाँंको अवस्थालाई खुलाएर आउने बिमानमा आपत बिपतमा परेका लाई फर्काउन आग्रह गरेका छौ, जवाफको प्रतिक्षामा छौ, राजदुत महेशराज दाहालले बताए । दाहालले भने, पछिल्लो भयाबह परिस्थीती र सामाजिक त्रास अनि जोखिमपुर्ण यात्रा अनि आवश्यक ब्यवस्थापनको अभावले पनि अप्ठयारो भएकोे हुन सक्छ । यसैबिच मेलवर्नमा पारिवारीक भ्रमणमा आएका एक क्रिकेटर अनिल अधिकारीले देश फर्कन माग गर्दै अनसन प्रारम्भ गरेका छन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्