नेभिगेशन
LEADING_MAIN

फुड बैंकको सहयोग नेपाली बिध्यार्थीलाई

सिड्नी । कोरोनाको कारण समस्यामा परेका नेपाली बिद्यार्थीलाई फुड बैंक अस्ट्रेलियाले एनआरएन मार्फत खाद्यन्न सहयोग उपलब्ध गराएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) का प्रवक्ता नन्द गुरुङले फुड बैंक अस्ट्रेलियाले ३ सय बक्स खाद्यन्न उपलब्ध गराएको हो । एक जनाको लागि अनुमानित एक महिनासम्म पुग्ने खाद्यन्न बक्स फुड बैंक अस्ट्रेलियाले एनआरएनए मार्फत् समस्यामा रहेका नेपालीलाई उपलब्ध गराउने कुरा प्रवक्ता गुरुङले बताए । समस्यामा रहेका नेपाली बिद्यार्थीलाई सहयोग गर्ने रेडक्रसजस्तै अन्य संस्थाको खोजीमा थियौं, फ्रेन्ड्स अफ अस्ट्रेलिया (फोना) काअध्यक्ष अमितजंग थापाको सहयोगमा फुड बैंक अस्ट्रेलियाले सहयोग उपलब्ध गराएको हो, ‘ प्राप्त भएको खाद्यन्न बक्स सहयोग स्टेट कोअर्डिनेट कमिटी लाई वितरणको लागि हस्तान्तरन गरिने कुरा गुरुङले बताए । न्यू साउथ वेल्स राज्यमा ८ सयभन्दा बढीले सहयोग लिएको जानकारी दिँदै प्रवक्ता गुरुङले भने, ‘नेपाली संघसंस्थाबाहेक भारतीय समुदायबाट पनि सहयोग प्राप्त भएको छ । त्यसबाहेक नेपालीहरुलाई सहयोग उपलब्ध गराउने फुड बैंक अस्ट्रेलिया पहिलो संस्था हो ।’ एनआरएनले तयार पारेको मापदण्डअनुसार नै राहत वितरण भइरहेको उनले बताए । कतिपयले दोस्रो चरणको राहत प्राप्त गरिसकेका छन् । दुई साता पुगेकाले दोस्रो पटक राहत लिएका हुन् । पहिलै तय भएको मापदण्डअनुसार नै राहत वितरण गरिएको छ । अहिलेसम्म ८ सय नेपालीलाई राहत वितरण गरिएको छ । जतिले सहयोग आवश्यकताका लागि अनलाइन फर्म भरेका छन् उनीहरु सबैलाई राहत उपलब्ध गराउने तयारी भइरहेको प्रवक्ता गुरुङले बताए । फ्रेन्ड्स अफ अस्ट्रेलिया (फोना) काअध्यक्ष अमितजंग थापाले फुड बैंक अस्ट्रेलियाको कार्यकारी निर्देशक ब्रियना सँग सहयोगको प्रस्ताब राखेपछि यो सम्भव भएको थियो । आबस्यक परेमा फुड बैंकले यो सहयोग अन्य स्टेट हरुमा पनि उपलब्ध गराउने सम्भावना रहेको अमितजंगले बताए।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्