नेभिगेशन
LEADING_MAIN

कोरोनाविरुद्ध लडन शेष घलेले नेपाललाई दिए तिन करोड रुपैया

नेपाल सरकारले कोरोना भाइरस र यसको माहामारी रोक्नका लागि स्थापना गरेको कोषमा नेपाली मुलका अस्ट्रेलियन ब्यापारी शेष घलेले एमआइटी फाउन्डेशन मार्फत तिन करोड सहयोग प्रदान गरेका छन । आइतबारनै फाउन्डेसनका तर्फवाट प्रधानमन्त्री कार्यालयमा सहयोग रकमको चेक हस्तान्तरण गरेको छ । नेपाल सरकारका लागि कोरोनाविरुद्ध परिक्षण , निगरानी र उपचारका लागि यो रकम खर्च हुने बिश्वास गरेको फाउन्डेशनका प्रमुख शेष घलेले बताएका छन । लक डाउनका कारण नेपाल जान नपाएपनि शेष घलेले नेपालमा रहेको एमआइटी ग्रुप फाउन्डेसनकातर्फवाट नेपाल सरकालाई चेक हस्तान्तरण गरिएको बताए । कोरोनाको सक्रमण रोक्न नेपाल सरकारले खेलेको भुमिकाको कदरगर्दै शेष घलेले यस महामारीवाट नेपाल र नेपाली जनताले चाडैनै मुक्ती पाउने बिश्वास समेत ब्यक्त गरेका छन । घलेले भने , आपत र बिपत आइपर्दा हामीले गर्ने सहयोग सानो इकाइ मात्र हो, तर यसले पनि थोपा थोपा जोडीएर नदि बनेझै सरकारलाई थप सहयोग पुग्ने बिश्वास लिएका छौ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्