नेभिगेशन
LEADING_MAIN

नेपाल एअरलाइन्स सीड्नी आउदै, खाली बिमान नर्फकियोस हजुर

नेपालमा अडकिएर बसेका अस्ट्रेलियन, न्युजिल्यान्डर अनि अस्ट्रेलियाका पीआरधारीलाई बोकेर नेपाल एअरलाइन्स आगामी मे छ तारिखका दिन नेपाल आइपुग्ने भएको छ । कोरोनाको कहरका कारण नेपालमा लक डाउनमा परेका ब्यक्तीहरुले दिएको निबेदनका आधारमा नेपालमा रहेको अस्ट्रेलियन दुतवासले चार्टर बिमानको ब्यबस्था गर्न लागेको हो । स्मरण रहोस यसअघि पनि नेपाल एअरालइन्सको बिमानले अस्ट्रेलियाको ब्रिसबेन र कतार एअरलाइन्सको बिमानले अस्ट्रेलियाको मेलवर्नमा नेपालवाट चार्टड उडान भरेको थियो । नेपाल स्थीत अस्ट्रेलियन दुतावासमा करिब पाँंचसय अस्ट्रेलिया तथा न्युजिल्यान्डका नागरिक र पीआरले स्वदेश फर्किन आग्रह गरेका कारण तेस्रो पटक दुतावसाले बिमान चार्टर गरेर दुइ सय ६५ जनालाई अस्ट्रेलिया पठाउन लागेको हो । त्यसमा राजदुतावासले महत्व र आवश्यकता हेरेर दुइ सय ६५ जनालाई प्राथमिकता साथ ल्याउन लागेको हो । बिदेशमा अलपत्र परेका हरेक नागरिकलाई स्वदेश फर्काउने नेपाल सरकारले दायित्व हो, प्लेन आवस या जावस त्यो ठुलो बिषय होइन ,सीड्नीका कानुन ब्यबशायी शम्सेरसींह थापाले बताए । त्यसैमाथि राष्ट्रिय ध्वजाबाहक आउने भएपछि समस्यामा परेका आफ्ना जनतालाई स्वदेश फर्काउने बिषयमा राज्यले तुरुन्त पहल गर्नुपर्छ , थापाले सेतोपाटीलाई बताए । संसारका कुनाकाप्चामा अलपत्र परेका सबै नेपालीलाई सरक्षीत स्वदेश फर्काउने दायित्व नेपाल सरकारले बोक्नुपर्ने अवस्थामा खाली बिमान फर्काउनु भनेको हेलचेक्राइ गर्नु हो, थापाले यसअघिको सरकारको निर्णयप्रती संकेत गर्दै भने । हुन त कोरोना भाइरसको संक्रमणको डरले नेपाल सरकारले भारतमा रहेका नेपालीलाई समेत नेपाल र्फकाउन नसकिरहेको बेला सात समुन्द्र पारीवाट फर्काउनु भनेको कठिनै रहेको जानकारहरु बताउछन । जनताप्रतीको उत्तरदायीत्व भनेको हरेक राष्ट्र र सरकारको महत्वको बिषय हुनुपर्छ । यतिखेर अस्ट्रेलियाले संंसारका कुनाकाप्चामा अडकिएका अस्ट्रेलियनलाई उनिहरुकै खर्चमा भनेपनि स्वदेश ल्याउने काम गरिरहेको छ । नेपालले पनि आफ्ना जनताका लागि यो काम गर्नु पर्छ, अस्ट्रेलियासम्म आएको बिमान खाली फर्कनु हुदैन,त्यसमा यहा अलपत्र परेका नेपालीलाई लीएर जानुपर्छ, एनआरएन अस्ट्रेलियाका पुर्व कोषाध्यक्ष डिला खरेलले बताए । अस्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले भने यस बिषयमा आफुलाई पुर्ण रुपमा कुनै जानकारी नआइसकेको बताए । यसअघि पनि नेपालवाट आएको चार्टर बिमानमा आफुहरुले यँहा समस्यामा परेका नेपालीलाई स्वदेशमा फर्काउनका लागि पहल गरेको तर नेपाल सरकारको निर्णय अनुरुप कार्यान्वयन हुन नसकेको बताए । राज्यको नितीनै जनताप्रती अनुतरदायी भएपछि कसैको केहि लाग्दैन,हामी पीडामा छौ, बिदेश आएको बेला कोरोनाको कहरले यतै अडकियौ, खर्च पानी मात्र हैन, समस्याले जकडिएको छौ, परिबारको बिछोडको पीडामा छौ, स्वास्थ समस्या पनि छैन तर राज्यबिहिन बनेका छौ, क्रिकेट खेलाडी तथा पदाधिकारी अनिल अधिकारीले बताए । उनि क्रिकेट खेलेको प्रर्वधनका लागि अस्ट्रेलिया आएकै बेला कोरोनाले लक डाउन भयो, एक महिना दुइ महिना हुदै तिन महिना बित्न लागिसक्यो, तर देश फिर्ने कुरामा अझै अलमलमा छन । मध्यमान्चल क्रिकेट संघका कोषाध्यक्षसमेत रहेका अनिल भन्छन,राज्य निम्छरो भएपछि जनता पनि पीडीत हुदो रैछन,रीत्तै प्लेन फर्काउने सरकार र हामी देश ताक्ने निमुखा जनता ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्