नेभिगेशन
LEADING_MAIN

ट्रकको ठक्करवाट चार प्रहरीको मृत्यु

मेलवर्नको इष्टर्न फ्रीवेमा मालवाहक ट्रकले ठक्करवाट कारमा सवार चार प्रहरीको घटनास्थलमा ज्यान गएको छ । फ्रीवेमा तिव्र गतिमा कुदीरहेको एउटा कारलाई जाच गरिरहेको बेला पछाडीबाट आएको ट्रकले ठक्कर प्रहरीको गाडीमा ठक्कर दिएको थियो । मृत्यु हुने दुइ प्रहरी जवान र दुइ हवल्दार रहेको भिक्टोरिया प्रहरीले जनाएको छ । हाइवेमा तिव्र गतिमा कुदिरहेको कार देखेपछि दुइ जना प्रहरी सवार कारले पछ्याएको थियो । कारको गति निकै तेज रहेका कराण प्रहरीले थप सहयोगका लागि अरु दुइ साथीलाई बोलाएका थिए । चार जना प्रहरीले जाच गरिरहेकै बेला ट्रकले ठक्कर दिएको हो । हाइवेको गति प्रतिघण्टा एक सय किलोमिटर हो । सामान्य घाईते ट्रक चालकको उपचार भइरहेको छ । चार जना डिउटीमा रहेका कुशल प्रहरी सदस्यको ज्यानै जाने गरि भएको यो दुखद घटनाले हामी स्तब्ध भएका छौ भिक्टोरिया प्रहरीका कमिस्नर ग्राहम एस्टनले बताएका छन । मारिनेमा तिन पुरुष र एक महिला प्रहरी रहेको मेलवर्न प्रहरीले जनाएको छ । एजेन्सीहरु
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्