नेभिगेशन
LEADING_MAIN

तास्मानियाले बिदेशी नागरिकलाई आर्थिक सहयोग गर्ने

कोरोनाभाइरस का कारण आर्थिक संकटमा परेका विदेशीहरुका लागि तास्मानिया सरकारले ३० लाख डलरको राहत प्याकेजको घोषणा गरेको छ । तास्मानियामा अस्थायी भिसामा रहेकाहरुका लागि आर्थिक सहायता प्रदान गर्ने राज्य सरकारको घोषणाको स्थानीय समुदायले पनि स्वागत गरेका छन। कोरोना भाइरसका कारण आर्थिक संकटमा परेका विदेशीहरुका लागि आज देखि लागु हुने गरि सरकारले ३० लाख डलरको राहत प्याकेजको घोषणा गरेको हो। सरकारको उक्त निर्णयबारे बोल्दै राज्यका प्रिमियर पिटर गुटवेनले पछिल्लो समयमा आर्थिक समस्यामा रहेका विदेशी नागरिकहरु आफ्नो देश फर्कन गरिएको आग्रह समेत उपयुक्त नरहेको बताएका छन्। आफ्नो राज्यमा अस्थायी भिसामा रहेका अन्य देशका नागरिकहरु यातायात प्रतिबन्धहरुका कारण आफ्नो देश फर्कन नसक्ने अवस्थामा रहेको कारण पनि उनिहरुका लागि सहयोग आवश्यक रहेको पीटरले बताए । यातायात प्रतिबन्ध कारण आफ्नो देश फर्कन नसक्ने एकल व्यक्ति र परिवारहरुका लागि तीस लाख डलरको सहायता प्याकेज अन्तर्गत रकम प्रदान गरिने छ। अस्थायी भिसामा राज्यमा रहेका झन्डै २६ हजारका लागि एक पटक मात्रको रकम भुक्तानी गर्ने लिबरल सरकारको उक्त योजना अन्तर्गत एकल व्यक्तिले २०० डलर र परिवारहरुले १ हजार डलर सम्म पाउन सक्नेछन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्