नेभिगेशन
LEADING_MAIN

इनोभेटिभले विध्यार्थीलाई निशुल्क सेवा प्रदान गर्ने

अस्ट्रेलियन सरकारले अन्तरास्ट्रिय विद्यार्थीहरुलाई सहुलियत प्रदान नगरेपनि बिभिन्न बिश्वबिद्यालय र निजी संघ संस्थाले भने बिध्यार्थीका हितमा राहतका अनेकन प्याकेज बाड्न थालेका छन । अस्ट्रेलियन सरकारले विश्वव्यापी महामारी कोरोन भाइरसका कारणले रोजगारी गुमेका र आर्थिक रुपमा समस्यामा परेका सबैलाई भने आआफ्नो संचय कोष आर्थिक वर्ष सन् २०१९ र २० का लागि वढीमा १० हजार डलर र आउंदो आर्थिक वर्ष २०२० र २१ मा १० हजार डलर सम्म झिक्न पाउने व्यवस्था भने गरिदिएको छ । अस्ट्रेलियामा संचयकोष सम्वन्धि नियम यसको संचय गर्ने विधि , लगानी विधि र प्रयोग गर्ने पाउने नीति र व्यवस्था अत्यन्त कठिन र जटिल भएकाले यस क्षेत्रका दर्तावाला दक्ष लेखापाल , वितिय परामर्श दाताको सरसल्लाह र सेवा महत्वपुर्ण हुने गर्दछ । विश्वव्यापी महामारी कोरोना भाइरसका कारणले अप्ठ्यारोमा परेका अन्तर्राष्ट्रीय विद्यार्थीहरुका लागि इनोभेटिभ एशोसिएट्सले “अर्ली सुपर फण्ड रिलिज” को सेवा निशुल्क दिने घोषणा गरेको छ । इनोभेटिभका निर्देशक डिला खरेल र उनको कार्यालयले सबै अन्र्तराष्ट्रीय बिध्यार्थीका लागि निुशल्क परामर्श र सेवा दिने निर्णय गरेको बताए । खरेलले आफैले गर्न सकिने भएपनि पेचिलो र परामर्श आवश्यक रहने यो सेवा विशेषत नेपाली विद्यार्थीहरु जो अप्ठ्यारोमा पर्नु भएको छ, उहांहरुलाई सहयोगको हेतुले गरिएको भएपनि अप्ठ्यारोमा परेका सबैका लागि खुला गरिएको बताए । इनोभेटिभ एशोसिएट्स सन् २०१० मा स्थापना भै अस्ट्रेलिया भर नै (कर , लेखा , कर्जा , वितिय र विमा) सेवा प्रदान गर्दै आइरहेको लेखा फर्म हो । डिला खरेल संस्थाका कार्यकारी निर्देशक हुन् भने करिव १२ जना लेखापाल तथा वितिय परामर्शदाताहरुको समुहले सिड्नी , मेल्वर्न , एडिलेड र तस्मनियामा प्रत्यक्ष सेवा दिदै आइ रहेको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्