नेभिगेशन
LEADING_MAIN

पच्चीस लाख डलरको सहयोग प्याकेज लिएर आयो क्राउन कलेज

बिध्यार्थीको शैक्षिक शुल्कमा सत्र प्रतिशतले छुट क्राउन इन्सिच्युट अफ हाइएर एजुकेशनले मंगलबार प्रेश बिज्ञप्ती जारी गर्दै कोरोनाका कारण आर्थिक चपेटामा परेका बिध्यार्थीका लागि भन्दै पच्चीस लाख अस्ट्रेलियन डलरको सहयोग कोषको घोषणा गरेको छ । कोरोनाले बिश्वलाईनै अक्रान्त पारिरहेको बेला अस्ट्रेलिया पनि यसले नराम्ररी प्रभावित पारेको र यसको प्रत्यक्ष मारमा अन्तराष्ट्र्रिय बिध्यार्थीहरु परेको कारण उनिहरुको सहयोगको लाग यो आर्थिक प्याकेज घोषणा गरिएको कलेजका प्रीन्सीपल शेयर होल्डर दिपक खड्काले बताए । बिध्यार्थीहरुमा परेको अािर्थक समस्यालाई हेरिकन शैक्षिक तथा अन्य सहयोग गरिने खड्काले बताए । न्यु साउथवेल्सका महाबाणिज्युदत समेत रहेका दिपक खड्काले कोरोनाका कराण काम गुमाएका र आर्थिक चपेटामा परेका आफ्नो कलेजमा अध्यनरत बिध्यार्थीको हकमा शैक्षिक शुल्कमा १७ प्रतिशतले छुट दिने निर्णय समेत गरिएको र आर्थिक रुपमा प्रभावित बिध्यार्थीलाई पाँंच सय डलरसम्मको सहयोग गरिने बताए । यसका लागि क्राउनमा हाल अध्यनरत बिध्यार्थीले कोरोनाको प्रभावको सप्रमाण सहित आवेद दिनु पर्ने छ । क्राउनले बिध्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै शैक्षिक शुल्कमा पनि तरलता अपनाउने जनाएको छ । बिध्यार्थीहरुले आफ्नो शैक्षिक शुल्कलाई साप्ताहिक र अर्धमाशिक रुपमा समेत तिर्न सकिने बनाएको र हालका लागि लेट फी समेत नलाग्ने खड्काले सुनाए । यस्तै क्राउन कलेजले जेहेन्दार बिध्यार्थीहरुको लागि छात्रबृती कार्यक्रमको समेत घोषणा गरेको छ । जसमा डिन्स अर्वाड अन्र्तगत मेघावी छात्र छात्रालाई थप पन्ध्र प्रतिशत शैक्षिक शुल्कमा छुट दिइने समेत कलेजले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ । कलेजले बिध्यार्थी र उनिहरुको शैक्षिक भबिष्यप्रती कलेज चिन्तित रहेको र उनिहरुको अतिरिक्त क्रियाकलाप लगायत रोजगारमा समेत सहयोगी भुमिका खेलिरहेको कलेजका कार्यकारी प्रमुख नारायण तिवारीले जनाएका छन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्