नेभिगेशन
LEADING_MAIN

शैक्षिक परामर्शदाताहरु विध्यार्थीलाई सघाउँदै

अष्ट्रेलियामा कार्यरत नेपाली शैक्षिक परामर्शदाताहरुको छाता संगठन अस्ट्रेलियन एजुकेशन कन्सलट्यान्ट एलायन्स(एका)ले बिध्यार्थीहरुको हितका लागि विविध कार्यक्रम ल्याएको जनाएको छ । एकाले आफ्ना सदस्य कन्सलटेन्सी र क्राउड फन्डिङमार्फत बिध्यार्थी कल्याण कोषका लागि पैसा संकलन सुरु गरेको छ । एकाले आर्थिक सहायता लगायत बिध्यार्थीहरुको हक र हितका लागि बिध्यार्थी राहत कोषको स्थापना, बिश्वबिद्यालय, सरकार र सरोकारवालाहरुसँंग सहकार्य गर्नुका साथै परामर्श सेवामा बिशेष सहुलियत अनि मानसिक समस्यामा सहयोग र सचेतना अभियानको थालनी गरेको एकाका मिडिया संयोजक सन्जिव पाण्डेले बताए । पत्रकार सम्मेलनमा एकाका अध्यक्ष पिआर अधिकारीले कोरोनाका कारण संकटमा रहेका विद्यार्थीका लागि पहिलो चरणमा तत्कालै एक लाख डलर सहायता उपलब्ध गराउने जानकारी गराए । एकाले नेपाल र अष्ट्रेलियामा रहेका शैक्षिक परामर्शदाताहरुलाई यो अभियानमा सहयोग गर्न समेत अनुरोध गरेको छ । सहयोग कोष निमार्णमा आर्थिक संकलन गर्न र शैक्षिक संस्थाहरुसंग सहकार्य गर्न का लागि एकाले पुर्व अध्यक्ष विवेक थापाको संयोजकत्वमा समिति निमार्ण गरेको छ । एकाले शैक्षिक परामर्शका लागि विद्यार्थीले तिर्दै आएको सेवा शुल्कमा सहुलियत दिन समेत सबै सदस्य कन्सलटेन्सीलाई आग्रह गरेको कुरा मिडिया कमिटीका सदस्य सन्दिप खनालले बताए । त्यस्तै एकाले विद्यार्थीलाई सहायता उपलब्ध गराउन अष्ट्रेलियाका विश्वविद्यालय र कलेजहरुसंग निरन्तर सहकार्य गरिरहेको ओसेनिया एजुकेशनका खनालले जानकारी गराए । अष्ट्रेलियाका शैक्षिक संस्थाहरुले विदेशी विद्यार्थीका लागि शुल्कमा छुट, आर्थिक सहायता र खाद्यान्य समेत उपलब्ध गराईरहेको र अष्ट्रेलियाका ४३ विश्वविद्यालयमध्ये २९ वटाले विदेशी विद्यार्थीका लागि विभिन्न राहत प्याकेज घोषणा गरेको मिडिया कमिटीका सदस्य राजेश जोशीले बताए । नेपाली विद्यार्थीहरुको समस्या समाधानका लागि एकाले नेपाली दूतावास, गैरआवासिय नेपाली संघ र सामाजिक संघसंस्थासंग निरन्तर सहकार्य समेत गरिरहेको जानकारी दिदैं एकाका मिडिया कमीटी सदस्य दिपक क्षेत्रीले भने विद्यार्थीका सहयोगको सवालमा एकद्धार प्रणालीवाट अगाडि बढ्न एका सहमत भएको समेत बताए । एकाले विद्यार्थीका समस्याका बारेमा अष्ट्रेलियन सरकारलाई समेत जानकारी गराइरहेको बताउदै एकाका सचिब सरद भुषालले बिध्यार्थीलाई नेपालबाट सहज तवरबाट पैसा ल्याउने व्यवस्था गर्न नेपाल सरकार र नेपाल राष्ट बैंकको ध्यानाकर्षण गराएको समेत बताए । विद्यार्थीले व्यक्तिगत खर्चका लागि ५ सय अमेरिकी डलर लाने पाउने व्यवस्थालाई एक हजार डलर बनाउन पनि एकाले पहल गरिरहेको एकाका पुर्व उपाध्यक्ष भुपाल सिटौलालले बताए । पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्