नेभिगेशन
LEADING_MAIN

शेष घलेको कलेज एमआइटीद्धारा दश लाख डलरको राहत कोषको घोषणा

मेलवर्नका नेपाली मुलका अस्ट्रेलियन ब्यापारी शेष घलेले लामो मौनतापछि मुख खोल्दै कोरोनावाट प्रभावित मेलवर्न इन्सीच्युट अफ टेक्नोलोजी (एमआइटी)का सीड्नी र मेलवर्नमा अध्यनरत अन्तराष्ट्रिय बिध्यार्थीका लागि भन्दै दस लाख डलरको सहयोगी कोषको घोषणा गरेका छन । यो सहयोग रकम घलेको एमआइटी कलेजमा पढने नेपाली लगायत सम्पुर्ण बिदेशी बिध्यार्थीको लागि पनि हो । करिब चार हजार बिध्यार्थी अध्यनरत शेष घलेलेको कलेज एमआइटीमा फेडरेसन बिश्वबिद्यालय अन्तर्गत अध्यन अध्यापन हुने गर्दछ । अस्ट्रेलियाका एक सय धनी उद्योगीमध्ये एक रहेका नेपाली मुलका शेष घले कलेज ब्यवशाय र रियलस्ेटटका कहलिएका ब्यक्तीत्व हुन । कोरोना रोगको संक्रमणका कारण अस्ट्रेलियामा रहेका नेपाली बिध्यार्थीहरु समस्यामा रहेको बेला शेष घलेले कलेजको तर्फवाट अािर्थक रुपमा प्रभावित बिध्यार्थीका लागि राहतका लागि भन्द्रै यो बिशेष सहयोग प्याकेजको घोषणा गरेका हुन । एमआइटीमा एकिनका साथ कति नेपाली बिध्यार्थी अध्यनरत छन भन्ने यकिन गर्न नसकेपनि त्यहा कम्तीमा पनि अध्यनरत नेपाली बिध्यार्थी यस सहयोगी अभियानवाट लाभान्वित हुने देखिन्छन । कोरोनाका कारण काम गुमाएका बिध्यार्थी र आर्थिक समस्याको मारमा रहेका हरुलाइै पाँंच सय डलरसम्मको सहयोग गरिने एमआइटीले आफ्नो वेभसाइटमा प्रेश बक्तब्य जारी गर्दै जनाएको छ । कोरोनाको कारण आर्थिक रुपमा समस्यामा परेका र यसको प्रभावले रोजगार गुमाएका बिध्यार्थीहरुको समस्यालाई मध्यनजर गरेर कलेजले यो आपतकालिन राहत कोषको घोषणा गरेका् कलेजका कार्यकारी प्रमुख शेष घलेले बिज्ञप्तीमा जनाएका छन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्